• ON AIR
  • UP NEXTधरान खबर

किरात याक्थुङ चुम्लुङको परामर्श बैठक सोमबार सम्पन्न 

धरान(२०७८-११-१०) - किरात याकथुङ चुम्लुङ्गले यहि फागुन २८, २९ र ३० गते पाँचथरको फिदिममा हुन गैरहेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा समसामयीक विषयमा परार्मश बैठकको आयोजना गरेको छ । उक्त बैठक सोमबार चुम्लुङ्ग हिम, धरान १५ मा जिल्ला कार्यसमितिको सहकार्यमा सम्पन्न भएको हो ।

 

बैठकमा धर्म, लिपि, प्रदेशको नाम तथा भाषा लगायतको विषयमा आगामी महाधिवेशनमा चुम्लुङ्गले कसरी आत्मा साथ गरेर लग्न सक्छ भनेर विभिन्न बुद्विजीवीसँग परामर्श लिएको थियो । लिम्बुजन्य संघ संस्था र बुद्विजीवीहरूसँग परामर्श लिन किरात याकथुङ चुम्लुङ्ग केन्द्रीय कार्यसमितिका उपाध्यक्ष डा. कमल तिगेलालाई जिम्मेवारी प्रदान गरिएको थियो । परामर्श बैठकमा पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्र थेगिम, युमा साम्यो महासभाका केन्द्रिय प्रतिनिधी देव इजम, सुमन चेम्जङ आदिले किरात याक्थुङ चुम्लुङको महाधिवेशनमा छलफल गर्नु पर्ने बुँदामा सुझाव प्रदान गरेका थिए ।

किरात याक्थुङ चुम्लुङको केन्द्रिय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव ताजुव लिम्बुले गरेका थिए । बैठकमा प्रदेश नं.१ का पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङ, पुर्व नगर प्रमुख मनोज कुमार मेन्याङबो, पुर्व उप प्रमुख मिन सुब्बा, महेन्द्र बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख चन्द्र फोम्बो, महेन्द्र क्याम्पसका सह प्रध्यापक डा. मोहन तुम्बाहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्र थेगिम, युमा साम्यो महासभाका केन्द्रिय महासचिव डा. रमेश इजम, किरात धर्म तथा साहित्य उत्थान संघको राष्ट्रिय समिति अध्यक्ष इन्द्र कुमार शेर्मा, युमा साम्यो महासभाका केन्द्रिय प्रतिनिधी देव इजम, प्रकृति पुजक प्रतिनिधी सागर चेम्जोङ, लिम्बुजन्य संघसंगठनहरुबाट याक्थुङ युवा मञ्चका केन्द्रिय कोषाध्यक्ष घनश्याम थेवे, लिम्बु विद्यार्थी मञ्चका प्रतिनिधी सरगम सागर चेम्जोङ, लिम्बु पत्रकार संघका अध्यक्ष कुशल कुरुम्भङ लिम्बु, लिम्बु सांस्कृतिक परिषदका केन्द्रिय उपाध्यक्ष कुमार हुक्पा चोङबाङ, केन्द्रिय सचिव महेश हुक्पा चोङबाङ, याक्थुङ चलचित्र कर्मि संघ प्रदेश नं १ का अध्यक्ष नविन मेन्याङबो, राजनीतिकर्मीहरु आइन्द्र विक्रम वेघा, जेण्टल लावती, विष्णु थाम्पदेन, सुमन चेम्जोङको उपस्थिति रहेको थियो ।

 

यसैगरी किरात याक्थुङ चुम्लुङका संस्थापक तथा केन्द्रिय सल्लाहकार नर प्रसाद लुम्फुङवा, हर्ष सुब्बा, दुर्गामाया लिम्बु, चन्द्र माया माबो, केन्द्रिय सदस्यद्वय संगिता सुब्बा, उत्तम लिङ्थेप, जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङ, सचिव ताजुब लिम्बु, चिव जय सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

नेवा: देय् दबू धरान उपमहानगर समितिले लाखेनाचलाई सुव्यबस्थित गर्न ९ बुदे आचार संहिता जारी

-स्नेहा श्रेष्ठ  धरान(२०७०-०४-२९) - धरान नेवा: देय् दबूले धरान उपमहानग समितिले लाखेनाचलाई मर्यादित, सुव्यबस्थित गर्न ९ बुदे आचार संहिता जारी गरेको छ

वीर नेम्वाङलाई ‘काङसोरे पुरस्कार’ प्रदान

धरान(२०७९-०२-३०) - बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतबार धरानमा १ लाख रुपैयाँ राशीको ‘काङसोरे पुरस्कार’ वीर नेम्वाङलाई प्रदान गरेको छ

नेवाः देय दबू धरान उपमहानगर समितिद्वारा आयोजित ४५ दिने नेपाल भाषा तालिम सम्पन्न

धरान(२०७९-०२-३०) - नेवाः देय दबू धरान उपमहानगर समितिले आयोजना गरेको ४५ दिने नेपाल भाषा तालिम हिजो सम्पन्न भएको छ ।  धरान ७ सिद्धि नेवाः परिषदमा आयोजना