• ON AIR
  • UP NEXTधरान खबर

वीर नेम्वाङलाई ‘काङसोरे पुरस्कार’ प्रदान

धरान(२०७९-०२-३०) - बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतबार धरानमा १ लाख रुपैयाँ राशीको ‘काङसोरे पुरस्कार’ वीर नेम्वाङलाई प्रदान गरेको छ ।


नेम्वाङलेलाई आइतबार धरान-१५, चुम्लुङ हिममा एक कार्यक्रमको आयोजना गरि नगद १ लाखसहित सम्मान गरिएको हो । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख  प्रदीप कुमार भण्डारीकाे हातबाट प्रदान गरिएको हो ।  

कार्यक्रमा बोल्दै सभामुख भण्डारीले भने ‘म आफै पनि लिम्बुवानमा हुर्केको मानिस हुँ, अब उहिलेको जस्तो जाति, भाषा, पहिचान अस्तित्वको कुरा गर्नु सबै स्वतन्त्र छन् ।’ वीर नेम्वाङ नेपाली राजनीतिमा एउटा इतिहास बनाएका पात्र भएको उनले बताए । त्यो इतिहासले नेपाल विविध जाति, भाषा, संस्कृति र भूगोलको इतिहास भएको मुलुक हो भन्ने कुराप्रति सबैलाई झकझकाउँदै आएको उनको भनाई थियो ।

पाँचथरको याम्बोङमा जन्मिएका ६४ वर्षीय नेम्बाङ चार दशकदेखि राजनीति र साहित्यमा सक्रिय व्यक्तित्व हुन् ।भाषिक आन्दोलनको मुद्दामा पञ्चायतकालमा उनी जेल समेत परेका थिए । निर्वासनमा भारतमा रहँदा सन् १९८६ मा उनले लिम्बूवान मुक्तिमोर्चा नामक राजनीतिक संगठन स्थापना गरेका थिए ।

लिम्बुवान मुक्ति  र  स्वायत्तताको आन्दोलन साथै याक्थुङ ( लिम्बू) भाषा लिपी, साहित्य, संस्कृतिको संरक्षण  तथा विकासमा उल्लेखनीय  योगदान गरेवापत नेम्वाङलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जानकारी दिएको  छ ।

 

प्रतिकृया दिनुहोस

नेवा: देय् दबू धरान उपमहानगर समितिले लाखेनाचलाई सुव्यबस्थित गर्न ९ बुदे आचार संहिता जारी

-स्नेहा श्रेष्ठ  धरान(२०७०-०४-२९) - धरान नेवा: देय् दबूले धरान उपमहानग समितिले लाखेनाचलाई मर्यादित, सुव्यबस्थित गर्न ९ बुदे आचार संहिता जारी गरेको छ

नेवाः देय दबू धरान उपमहानगर समितिद्वारा आयोजित ४५ दिने नेपाल भाषा तालिम सम्पन्न

धरान(२०७९-०२-३०) - नेवाः देय दबू धरान उपमहानगर समितिले आयोजना गरेको ४५ दिने नेपाल भाषा तालिम हिजो सम्पन्न भएको छ ।  धरान ७ सिद्धि नेवाः परिषदमा आयोजना

किरात याक्थुङ चुम्लुङको परामर्श बैठक सोमबार सम्पन्न 

धरान(२०७८-११-१०) - किरात याकथुङ चुम्लुङ्गले यहि फागुन २८, २९ र ३० गते पाँचथरको फिदिममा हुन गैरहेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा समसामयीक