• ON AIR
  • UP NEXTधरान खबर

नेवा: देय् दबू धरान उपमहानगर समितिले लाखेनाचलाई सुव्यबस्थित गर्न ९ बुदे आचार संहिता जारी

-स्नेहा श्रेष्ठ 

धरान(२०७०-०४-२९) - धरान नेवा: देय् दबूले धरान उपमहानग समितिले लाखेनाचलाई मर्यादित, सुव्यबस्थित गर्न ९ बुदे आचार संहिता जारी गरेको छ ।

 

आईताबार एक कार्यक्रमको आयोजना गरि उक्त आचार संहिताको बारेमा धरान नेवा: देय् दबूले धरान उपमहानगर समितिले जानकारी दिएको छ । धरान नेवा: देय् दबूका नगर, जिल्ला समितिका पदाधिकारीहरू, सरोकारवालाहरू र लाखेनाच गराउने संस्था वा समूहको उपस्थितिमा श्रावण ७ गते धरान १२ स्थित स्वयम्भु चैत्य महाविहारको सभाहलमा छलफल गरि धरान उपमहानगर क्षेत्रभित्र सम्पूर्ण लाखेनाच गराउने संस्था वा समूहलाई साथ, सहयोग र समर्थन दिदै यसलाई अझ सुब्यवस्थित र मर्यादित बनाउने उद्देश्यले ९ बुदे आचार संहिता जारी गरेको हो ।

 

कुनै समूह वा संघ सस्थाले उत्श्रीङखल तवरले जबर्जस्ती चन्दा मागेको पाइए वा विसंगती तथा बिकृतिको रुपमा मैलिक जात्रालाई दुरुपयोग गरिएको भेटिएमा नेवा: देय् दबू धरानद्वारा धार्मिक सांस्कृतिक अधिकार संरक्षण कानुन बमोजिम कार्बाही गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

उक्त विज्ञप्तिमा धरान क्षेत्र भित्र रहेका सम्पूर्ण लाखेनाच नचाउने समूह वा संस्थाहरू नगर दबूमा दर्ता गराउँदै सुचिकृत गर्नु पर्नेछ, लाखेनाच नाच्ने समूह वा संघ संस्थाहरूले अफ्नो परिचय खुल्ने गरी ब्यानर वा परिचयपत्र वा टिसर्ट लगाउनु पर्नेछ, धरान भित्र रहेका घर वा ब्यापार ब्यवसायी क्षेत्रमा आर्थिक संकलन गर्न पाइने छैन, लाखेनाच गराउँदा स्वस्फूर्त रूपमा प्रप्त आर्थिक सहयोग वा निम्तो प्राप्त भई श्रद्धाले दिएको आर्थिक सहयोग (भेटी) ग्रहण गर्न सकिनेछ, लगागतका बुँदाहरू रहेका छन् ।

प्रतिकृया दिनुहोस

वीर नेम्वाङलाई ‘काङसोरे पुरस्कार’ प्रदान

धरान(२०७९-०२-३०) - बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतबार धरानमा १ लाख रुपैयाँ राशीको ‘काङसोरे पुरस्कार’ वीर नेम्वाङलाई प्रदान गरेको छ

नेवाः देय दबू धरान उपमहानगर समितिद्वारा आयोजित ४५ दिने नेपाल भाषा तालिम सम्पन्न

धरान(२०७९-०२-३०) - नेवाः देय दबू धरान उपमहानगर समितिले आयोजना गरेको ४५ दिने नेपाल भाषा तालिम हिजो सम्पन्न भएको छ ।  धरान ७ सिद्धि नेवाः परिषदमा आयोजना

किरात याक्थुङ चुम्लुङको परामर्श बैठक सोमबार सम्पन्न 

धरान(२०७८-११-१०) - किरात याकथुङ चुम्लुङ्गले यहि फागुन २८, २९ र ३० गते पाँचथरको फिदिममा हुन गैरहेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा समसामयीक