• ON AIR
  • UP NEXTधरान खबर

लागुऔषध सहित ३ जना पक्राउ

धरान(२०७९-०५-३१) - मोरङको बिराटनगर महानगरपालिका-१५ बाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ बाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।  


बुधबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ मा चेक जाँचको क्रममा  को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ वर्षिय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ भने लागुऔषधको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ बस्ने ३८ वर्षिय सुगन्दा अन्सारी र उनको १७ वर्षिय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।


प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित

धरान(२०७९-१२-२६) - किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित भएका छन् । धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न

याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी

धरान(२०७९-१२-२६) - याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी चयन भएका छन् । किरात याक्खा छुम्माको केन्द्रिय भवन धरानमा सम्पन्न

चोरीको सामग्री सहित २ जना पक्राउ

धरान(२०७९-०६-०४) - सुनसरीको इटहरी उपमहानगर पालिका-२० बाट प्रहरीले चोरीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा इटहरी-२० का