• ON AIR
  • UP NEXTधरान खबर

किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित

धरान(२०७९-१२-२६) - किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित भएका छन् । धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौँ महाधिवेशनबाट भूपाल जिमीले ८२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । 


उनका प्रतिद्वन्दी लहरुमाया जिमीले ४४ मत प्राप्त गरेकी थिइन् । महाधिवेशनमा अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा भने मतदान भएको थियो । जम्मा १ सय २६ मत खसेकोमा बदर मत संख्या शून्य रहेको थियो ।


छुम्माको वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा चयन भएका छन् भने उपमहासचिवमा भरत याक्खा, सचिवमा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भएका छन् । कोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्ष विजय सोम्याहाङ चयन भएका छन् ।


सदस्यहरुमा झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णुकुमारथायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी,  संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा, इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान,  मोरङबाट आनन्दकुमारी लिंखा, बम देवान र प्रतिबहादुर याक्खा, काठमाण्डौँबाट धनबहादुर देवान र देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा र पूर्णप्रसाद लुम्बा याक्खा, पाँचथरबाट गजेन्द्र देवान चयन भएको निर्वाचन समितिका अध्यक्ष दुर्गा लिंखाले जानकारी दिएका छन् । निर्वाचन समितिमा लिलामणि जिमी र सोमा याक्खा सदस्य रहेका थिए ।


शनिबार सम्पन्न खुला शत्रमा ९ औँ राष्ट्रिय खेलकुदमा भारोत्तोलन तर्फ स्वर्ण पदक विजेता विद्या जिमी, एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्यविजेता निला जिमी, प्याराग्लाइडिङका राष्ट्रिय प्रशिक्षक देशवीर जिमी, याक्खा समुदायबाट प्रथम पिएचडी गर्ने डा.गणेश जिमी,  भवन निर्माण समिति संयोजक नेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुख सल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।


लिलबहादुर रोगुको अध्यक्षतामा सम्पन्न महाधिवेशनको खुला शत्रको सञ्चालन निवर्मतमान हासचिव दिपक याक्खाले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य निवर्मतमान उपाध्यक्ष लहरुमाया जिमीले राखेकी थिइन् ।

प्रतिकृया दिनुहोस

याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी

धरान(२०७९-१२-२६) - याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी चयन भएका छन् । किरात याक्खा छुम्माको केन्द्रिय भवन धरानमा सम्पन्न

चोरीको सामग्री सहित २ जना पक्राउ

धरान(२०७९-०६-०४) - सुनसरीको इटहरी उपमहानगर पालिका-२० बाट प्रहरीले चोरीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा इटहरी-२० का

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

धरान(२०७९-०६-०४) - झापाको मेचीनगर नगरपालिका-१३ र ६ बाट प्रहरीले  प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।   सोमबार साँझ बिशेष