याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी
धरान(२०७९-१२-२६) - याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी चयन भएका छन् । किरात याक्खा छुम्माको केन्द्रिय भवन धरानमा सम्पन्न याक्खा विद्यार्थी संघकाे तेस्रो महाधिवेशनबाट टंक जिमी अध्यक्षमा चयन भएका हुन् ।
विद्यार्थी संघकाे महिला उपाध्यक्षमा धनकुटाकी बिनिता लुम्बा चयन भएकी छन् । उपाध्यक्षमा मोरङका शिशिर याक्खा, महासचिवमा सुनसरीका देबराज याक्खा, सचिवमा धनकुटाका बिमल याक्खा र कोषाध्यक्षमा सुनसरीका अस्मिता याक्खा चयन भएका छन् ।
सदस्यहरूमा संखुवासभाकी जस्मिन याक्खा, सबिता याक्खा, लक्ष्मी याक्खा, सोनी याक्खा, सर्मिला याक्खा ‘क’, सुनसरीकी कल्पना याक्खा, शोभा याक्खा, मौनता याक्खा, सरला याक्खा, सर्मिला याक्खा ‘ख’, धनकुटाकी अनु याक्खा, जिना याक्खा, सुरज याक्खा, बिबश याक्खा र मोरङकी हेमन्त याक्खा चयन भएका छन् । साथमा तीन सदस्यीय सल्लाहकार समितिमा भरत याक्खा, सोनाम याक्खा र जोगमाया लुम्बा चयन भएका छन् ।
उक्त महाधिवेशनको उद्घाटन समारोहमा संस्थाका अध्यक्ष लिल बहादुर राेगु, किरात याक्खा छुम्माका उपाध्यक्ष माया जिमी, महासचिव दिपक याक्खा, सचिवद्वय साेनाम याक्खा र शान्ति देवानकाे उपस्थिति रहेको थियो ।
किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित
धरान(२०७९-१२-२६) - किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित भएका छन् । धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न
चोरीको सामग्री सहित २ जना पक्राउ
धरान(२०७९-०६-०४) - सुनसरीको इटहरी उपमहानगर पालिका-२० बाट प्रहरीले चोरीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२० का
प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
धरान(२०७९-०६-०४) - झापाको मेचीनगर नगरपालिका-१३ र ६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ बिशेष

प्रतिकृया दिनुहोस