करेन्ट लागेर एक जनाको मृत्यु
(२०७९-०६-०२) - मोरङ बुढिगंगा गाउँपालिका १ मिलचौक स्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुम छथर शुक्रबारे ५ घर भएका २५ वर्षिय आकाश लिम्बु रहेका छन् । शनिवार बेलुका सँवा ४ बजे फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भिर घाईते भएका लिम्बुको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा बेलुकै साढे ४ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित
धरान(२०७९-१२-२६) - किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित भएका छन् । धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न
याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी
धरान(२०७९-१२-२६) - याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी चयन भएका छन् । किरात याक्खा छुम्माको केन्द्रिय भवन धरानमा सम्पन्न
चोरीको सामग्री सहित २ जना पक्राउ
धरान(२०७९-०६-०४) - सुनसरीको इटहरी उपमहानगर पालिका-२० बाट प्रहरीले चोरीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२० का

प्रतिकृया दिनुहोस