• ON AIR
  • UP NEXTधरान खबर

असोज १ गतेबाट चित्रकला प्रदर्शनी सुरू

धरान(२०७९-०६-०३) -नेपाल कला परिषद बबरमहलमा असोज १ गतेबाट चित्रकला प्रदर्शनी सुरु भएको छ ।

 

प्रदर्शनीको मूल बिषय बस्तु समय, सम्बन्ध र शहर रहेको छ । ७ गते सम्म जारी रहने उक्त प्रदशनीमा सूर्य दूधराज, सुरक्षा वाग्ले लगायत राम चन्द्र महर्जनले सयुंक्त रुपमा एकल कला प्रदर्शनी गरेका हुन् । यो पहिलो पटक संयुक्त रुपमा एकल कला प्रदशर्नी भएको हो । प्रदशर्नी  बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म खुल्ला रहने छ ।


सूर्य दूधराजले एकल प्रदर्शनीको मुख्य बिषय समयको बारेमा स्पष्ट पार्दै समय हरेक ब्यक्तिको अनुभव अनुसार फरक फरक रहको र यो निरन्तर चलिरहने चक्र हो, समयलाई फर्काउँन सकिदैन भन्दै यो एकल कला प्रदर्शनीमा आफुले समय सम्बन्धि अलग अनुभवलाई क्यनभासमा उर्तान खोजेको बताएका छन् । 


त्यस्तैगरी सुरक्षा वाग्लेले आफ्नो कलाको मूल बिषय बस्तु “सम्बध” रहेको र यसलाई प्रकृति ,धार्मिक एवम् ऐतिहासिक धरातलसंग जोडिएको भन्नेबारे प्रष्ट्याउन खोजिएको बताए ।अर्का एकलकला प्रदर्शनीका सहभागी रामचन्द्र महर्जनले आफ्ने मूल बिषय बस्तु शहरको फरक फरक रुपलाई क्यानभासमा स्वरुप दिएर स्पष्ट पार्न खोजेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस

किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित

धरान(२०७९-१२-२६) - किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित भएका छन् । धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न

याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी

धरान(२०७९-१२-२६) - याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी चयन भएका छन् । किरात याक्खा छुम्माको केन्द्रिय भवन धरानमा सम्पन्न

चोरीको सामग्री सहित २ जना पक्राउ

धरान(२०७९-०६-०४) - सुनसरीको इटहरी उपमहानगर पालिका-२० बाट प्रहरीले चोरीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा इटहरी-२० का