प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
धरान(२०७९-०६-०४) - झापाको मेचीनगर नगरपालिका-१३ र ६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
सोमबार साँझ बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१३ फुलबासा चौक बस्ने ४३ वर्षिया भारती राजबंशीको घरबाट १२ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नेपाली रुपैया ३ लाख ५३ हजार ५ सय सहित बरामद गरेको हो ।
यसैगरी मंगलबार दिउँसो मेचीनगर-६ भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक नगरपालिका-१ का २१ वर्षिय मनोज कुमाललाई संकालागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागुऔषध र नगद बरामद भए सगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित
धरान(२०७९-१२-२६) - किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित भएका छन् । धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न
याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी
धरान(२०७९-१२-२६) - याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी चयन भएका छन् । किरात याक्खा छुम्माको केन्द्रिय भवन धरानमा सम्पन्न
चोरीको सामग्री सहित २ जना पक्राउ
धरान(२०७९-०६-०४) - सुनसरीको इटहरी उपमहानगर पालिका-२० बाट प्रहरीले चोरीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२० का

प्रतिकृया दिनुहोस