• ON AIR
  • UP NEXTधरान खबर

आइतबार धरान स्थित बगरकोटको भिन्टेज क्याफे लाउञ्ज एण्ड बारमा मन्त्र आउँदै

धरान(२०७९-०६-०६) आइतबार धरान १५ बगरकोट स्थित भिन्टेज क्याफे लाउञ्ज एण्ड बारमा मन्त्र ब्यान्डको प्रस्तुती रहने भएको छ ।


नजिकिदै गरेको नेपालीहरूको महान चाँड बडादशैँलाई उल्लासमय बनाउन भिन्टेजले दार्जिलिङका रक ब्यान्ड मन्त्रको प्रस्तुती राख्न लागेको आयोजकले जानकारी गराए । मन्त्र ब्यान्डले यसअघि धरानमा धेरैपटक प्रस्तुती दिईसकेकोमा यसपटक आफ्ना नयाँ गितहरूका साथ धराने क्राउड माझ उपस्थित हुने भएको छ । ब्यान्डले करीब २ घण्टा निरन्तर प्रस्तुती दिने आयोजकले बताएका छन् । ब्यान्डको सधै सधै, बिर गोर्खाली, हिमाली नेपाली, संस्कृती, एकान्तमा लगायतको गित चर्चित रहेको छ ।


मन्त्रको प्रस्तुती अघि भने धरानको द ब्यान्ड एफ ३ को प्रस्तुती रहने आयोजकले जनाए । साँझ ६ बजेबाट सुरू हुने लाइभ कार्यक्रमको लागी गेट टिकट १ हजार तोकिएको छ । प्रि-सेल टिकटको मुल्य भने ५ सय र ७ सय ५० रहेको छ ।


कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । यस्तै, सह-प्रायोजकमा डिभाइन वाइन, रेड ब्लु एनर्जी ड्रिङ्क, गोर्खाज एण्ड गन्स, सेतो बाघ भोड्का रहेको आयोजकले जनाए । कार्यक्रमलाई धरान फिट्नेस क्लब, क्रन्च फिट्नेस, किमची धरान, याला बिएस क्याफे एण्ड रेस्टो, भेटघाट थकाली र बेस क्याम्प भेडेटार काम्फेकले सहयोग गरेको आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस

किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”

धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको

“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक

धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो

धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने

धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ  । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार