• ON AIR
  • UP NEXTधरान खबर

धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने

धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ  । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त फेस्ट हुने जानकारी दिएको हो ।


एक महिना अगाडी मात्र स्थापना भएको “द फ्लो फ्याक्ट्री”ले धरान ५ स्थित भिन्टेज फेमिली रिसोर्टमा उक्त हिपहप फेस्ट गर्ने जानकारी दिएको छ । फेस्टमा  गंगा वरदान, निर्णय एनएस के, सुनिता ल्यामगड, सिद्द वाग्ले, कवि जि, योङ हस्लर, सिड वाग्ले, एम पोइन्ट, विश्वदीप, राइम फ्रेक लगायत द फ्लो फ्याक्ट्रीका कलाकारहरुले प्रस्तुती दिने  बताइएको छ । फेस्टमा सिङ्गल टिकट ३ सय, कपल ५ सय र भिआइपी १ हजार रहेको छ ।


उक्त कार्यक्रममा डि जे ड्ब्लु डि सरल उदासको समेत प्रस्तुति हुने “द फ्लो फ्याक्ट्री”का प्रोड्युसर सागर क्षेत्रीले बताएका छन् । फेस्टमा “कल्चरल थिम”सहित बी बोइङ, बि गर्लिङ, बिटबक्स, ग्राफिटी आर्ट, ब्रेकिङ लगायतका हिपहप जनराहरुका २० भन्दा बढी प्रस्तुति रहने संस्थाका फाउण्डर तथा डिजे डबल-बी सरल उदासले जानकारी दिएका छन् । उनले भने,“मध्यरातसम्म हुने मनोरञ्जन र संगीतको माहोल धरानमा बन्द भएकाले डिजेहरुको रोजिरोटी समेत बन्द भएको छ । यस्तो समयमा कलालाई पुन ब्युताउन धरानमा “हिपहप फेस्ट” गर्न लागेका हाैँ ।”


हिपहपमा केही नयाँ काम गर्ने अठोटका साथ धरानका ६ जना युवाको समूह मिलेर “द फ्लो फ्याक्ट्री” संस्था स्थापना गरेका हुन् । जसमा सागर छेत्री, क्षितिज राई, आयुष राई, विश्वदीप बज्राचार्य, मनिष गुरुङ र ब्राइन्ड श्रेष्ठले रहेका छन् ।

प्रतिकृया दिनुहोस

किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”

धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको

“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक

धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो

“जेप्पा” बोलको गीत सार्वजनिक

धरान(२०७९-११-२९) - टिबि याक्खाको प्रस्तुति र हेन्सेन याक्खाको रचना रहेको “जेप्पा” बोलको गीत सार्वजनिक भएको छ । गीतमा राई इज किङ राजेशपायल राई र