• ON AIR
  • UP NEXTधरान खबर

“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक

धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो सार्वजनिक भएको छ ।


उक्त गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन् भने शान्ती राम राईको संगीत रहेको छ । देवेश राईको संगीत संयोजन रहेको गितमा प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई समेटिएको छ । भिडियोको मुख्य भुमिकामा बिमला लिम्बु र जान राना(सञ्जिव) रहेका छन् भने अन्यमा ओम चाम्लिङ्ग राई, रोसन चाम्लिङ्ग राई, समिर खवास, विपिन भुजेल, दर्पन तोलाङ्गी, प्रमोद गुरुङ, अबिसेक दाहाल, निमा शेर्पा, प्रियस्का चाम्लिङ्ग राई, दिपिसा राई, करिना राई, मुना ताामाङ, सिर्जना तामाङ, एलिसा भुजेल, सलिना शंकर, बिपना भुजेलको अभिनय र नृत्य देख्न सकिनेछ ।


सुजन श्रेष्ठको छायाँकन,सम्पादन तथा देउकृष्ण लिंखा याक्खाको निर्देशनमा बनेको भिडियोमा याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाईएको छ । 

 

BHUIN SORI (भुइँ सोरी) Annu Chaudhary | Newsun Rai| ft. Bimala Limbu | Jaan Rana (Sanjib)| 2080/2023 - YouTube

प्रतिकृया दिनुहोस

किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”

धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको

धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने

धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ  । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार

“जेप्पा” बोलको गीत सार्वजनिक

धरान(२०७९-११-२९) - टिबि याक्खाको प्रस्तुति र हेन्सेन याक्खाको रचना रहेको “जेप्पा” बोलको गीत सार्वजनिक भएको छ । गीतमा राई इज किङ राजेशपायल राई र