भिन्टेज लाउन्जमा मन्त्र ब्यान्डले झुमाए दर्शक
धरान(२०७९-०६-१०) - आइतबार धरान १५ बगरकोट स्थित भिन्टेज क्याफे लाउञ्ज एण्ड बारमा दर्शकहरूको भिड निकै नै खचाखच थियो । रातको ९ बजिसकेको थियो । यतिकैमा दर्शकहरूको प्रतिक्षालाई समाप्त गर्दै मन्त्र ब्यान्डका भोकलिस्ट भास्कर देवान नमस्ते धरान भन्दै मञ्चमा उक्लदा बसिरहेका दर्शक एकाएक अगाडी डान्स फ्लोरमा उर्लिएका थिए ।
करीब ३ सय दर्शकहरूको भरपुर साथ पाएको मन्त्रले आफ्ना पुराना र नयाँ गित प्रस्तुत गरेर लगातार २ घण्टासम्म दर्शक झुमाएका थिए । अन्त्यमा ब्यान्डले आफ्नो चर्चित गित सधै सधै प्रस्तुत गर्दा दर्शकहरूले समेत गाएर साथ दिएका थिए ।
नजिकिँदै गरेको नेपालीहरूको महान चाँड बडादशैँलाई उल्लासमय बनाउन भिन्टेजले मन्त्रको प्रस्तुती राखेको हो । २ दशक अघि दार्जिलिङ्मा स्थापना भएको ब्यान्डको गिटारमा प्रज्ञा लामा, बेस गिटारमा प्रभास सुब्बा, ड्रममा ब्रिज चौधरी, किबोर्डमा मनिश थापा, बासुरी र सेक्साफोनमा बिधान थापा रहेका छन् । ब्यान्डको हालसम्म ४ वटा एल्बम बजारमा निस्किएको छ । मन्त्रको प्रस्तुती अघि भने धरानको द ब्यान्ड एफ ३ को प्रस्तुती रहेको थियो ।
किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”
धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको
“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक
धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो
धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने
धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार

प्रतिकृया दिनुहोस