लघुवित्तमा देखा परेका समस्याहरु, सहकारीले समेत लघुवित्त सेवा प्रदान गर्दै
गोबिन्द प्रसाद पौडेल
प्रबन्धक, आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., काठमाण्डौँ
स–साना आय आर्जन गर्ने र बैंकिङ्ग पहुँच भन्दा टाढा रहेको गरीब वर्गका ब्यक्तिहरु, त्यसमा पनि महिलाहरुलाई सरल र सहज किसिमबाट वित्तीय सेवा पुयाउने पवित्र उद्देश्यका साथ प्रदान गरिने सेवालाई लघुवित्तको परिभाषा भित्र समेट्न सकिन्छ । लघुवित्त सेवा न्यून आय भएका ब्यक्तिहरुलाई वित्तीय तथा गैह वित्तीय सेवाको माध्यमबाट निजहरुमा आय आर्जनका अवसरहरुको श्रृजना गर्दै गरिबीको दलदलबाट केही माथि उठाउने एक शसक्त तथा प्रभावकारी साधन पनि हो । नेपालको कुल जनसङ्ख्याको १८ प्रतिशत जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनी रहेको र करिब २० प्रतिशत जनसङ्ख्याको हिस्सा औपचारिक वित्तीय सेवाको पहुँच भन्दा बाहिर रहेको अवस्थामा लघुवित्त कार्यक्रमले सो पहुँचमा बृद्धि गर्न अहम भुमिका खेल्न सक्ने देखिन्छ । लघुवित्तको सेवालाई सामाजिक ब्यवसायको रुपमा पहिचान बनाउन लघुवित्तहरु लागि परेको समेत देखिन्छ ।
नेपालमा नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरुका अलावा केहि सहकारी संस्थाहरुले समेत ग्रामीण पद्धतिको माध्यमबाट लघुवित्त सेवा प्रदान गरिरहेको देखिन्छ । विगतमा लघुवित्त वित्तीय संस्थाहरु स–सानो ऋणमात्र लगानी गर्ने र सो ऋण समेत पाक्षिक रुपमा साँवा तथा ब्याज असुलउपर गर्ने गर्दर्थे । विगतमा लघुवित्त सेवा गैर सरकारी संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्तताको ईजाजत प्राप्त गरी न्यूनतम मुनाफामा सेवा भावपुर्ण रुपले कार्यक्रम सञ्चालन गरेको देखिन्थ्यो । उनीहरुको ठूलो खर्च कर्मचारी तथा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गरी सदस्यहरुको उद्यमशिलता विकासमा हुने गर्दथ्यो । संस्थाले पनि मुनाफा वितरण गर्न नपर्ने हुँदा अधिक नाफा कमाउन दवाब नहुने हुँदा कार्यक्रमको सफलताका लागि आवश्यक क्षमता अभिवृद्धिम खुलेर लगानी गर्ने गर्दथे । हाल लघुवित्त वित्तीय संस्थाहरु कम्पनी ऐन अन्तरगत कम्पनीको रुपमा दर्ता भै नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी सञ्चालन हुने र ती संस्थाका शेयर लगानीकर्ताहरुको ध्येय नाफा कमाउने तथा लाभांश अधिक लिने भएको देखिन्छ । समाजिक ब्यवसायको रुपमा स्थापित हुने लघुवित्त संस्थाहरु नाफामा केन्द्रित हुन गएको देखिन्छ । फलस्वरुप लघुवित्त संस्थाहरुले आफ्ना संस्थामा कार्यरत कर्मचारी तथा सदस्यहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु कटौती गर्दै जाने तथा गर्नै परेको खण्डमा पनि नेपाल राष्ट्र बैंकको निर्देशनारुप बिनियोजित कोषबाट मात्र गर्ने गरेको देखिन्छ । तसर्थ लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो मर्म तथा धर्मलाई नजर अन्दाज गर्दै छोटो समयमा अधिक नाफा लिन खोज्ने प्रवृत्तीले गर्दा समस्याहरु देखा पर्ने क्रम बढ्दै गएका छन् ।
लघुवित्त क्षेत्रका सदस्यहरुमा अधिक ऋणभार, सामुहिक दायित्व स्वीकार नगर्ने, किस्ताको साँवा तथा ब्याज भुक्त्तान गर्न आनकान गर्ने, वाहना बाजी धेरै गर्ने, ऋणको दुरुपयोग गर्ने, नक्कली कागजपत्र तथा विवरणहरु पेश गरी ऋण लिने, कर्मचारीहरु माथि डर धम्की दिने, बिगत कोरोनाकालमा पाएको ब्याज छुट तथा पुनःतलिकिकरणको माग गर्ने, धेरै सदस्यहरुको ऋण एक दुई जना सदस्यले मात्र चलाउने लगायत ऋण रकम मिटर ब्याजमा उपयोग गर्नु लगाएका समस्याहरु देखिदै आएका छन् ।
नेपालमा सञ्चालित लघुवित्तमोडललाई कोरोना कालमा निकै प्रभावित बनाएको र करिब करिब धेरै केन्द्र बैठकहरु सञ्चालन हुन नसिकरहेको तथा निज सदस्यहरुको आयश्रोतमा समेत प्रतिकुल प्रभाव परोको अवस्था थियो । सदस्यहरु बिचको भेटघाट, क्षमता अभिवृद्धिका कार्यक्रम, तथा अनुगमन जस्ता कार्यक्रमहरु ठप्प प्रायः रहेको थियो तर कोरोनाको प्रभाव केहि शान्त हुन साथ बजारमा सहज भएको तरलताका कारण लघुवित्त वित्तीय संस्थाहरुले सहज किसिमबाट लगानीमा बढावा दिदै गर्दा विगतमा हुने गरेको ऋण लगानी पुर्व तथा पश्चातका प्रक्रियाहरुको कार्यान्वयमा केहि फितलोपन देखिन गयो । फलस्वरुप हाल बाध्यतावश लघुवित्तको मोडल, निती विधी तथा थितीहरु पुनःकार्यान्वय गराउन लघुवित्त वित्तीय संस्थाहरुलाई हम्मे हम्मे हुदै जादा बजारमा देखिएको तरलता संकुचनका कारण पुनःआर्थिक क्रियाकलाप घट्दो दरमा रहेको देखिन्छ । जसको नतिजा स्वरुप ऋणको गुणस्तर कमजोर हुदै ठुलो रकम कर्जा जोखिम कोषमा राख्नु पर्ने स्थीतिका साथै अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको वासलात खुम्चिुनुका साथै नाफामा समेत संकुचन आउन सक्ने अनुमान गर्न सकिन्छ ।
तसर्थ लघुवित्त वित्तीय संस्थाहरुले पुनः सदस्यहरुसँग सदस्य शिक्षा, वित्तीय शिक्षा, ब्यवसायिक शिक्षा लगायतका शिर्षकहरुमा प्रभावकारी रुपमा तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरी लघुवित्तको महत्व तथा अर्थका बारेमा सदस्यहरु तथा विभिन्न तह र तप्कामा रहेका पदाधिकारी र जनसङ्ख्यालाई बुझाउनु पर्ने टट्कारो आवश्यकता रहेको छ । लघुवित्त संस्थाहरुले पनि कम्तिमा पनि नियामक निकायले निधारण गरेको कर्मचारी क्षमता बृद्धिको बजेट खर्च गरी निजहरुको क्षमतामा बृद्धी गरी समस्यहरुका समस्याहरुसँग जुध्न सक्ने योग्य तथा क्षमतावान बनाउनु पर्ने देखिन्छ । लघुवित्तकर्मीहरुले लघुवित्तले समाजमा पारेको राम्रा कुराहरुको प्रचार प्रसार गर्नुका साथै देखा परेका समस्याहरुमा आत्मसाथ गर्दै सदस्यको ब्यवहार गरी लघुवित्तको पवित्र उद्देश्य तथा कार्यहरु माथि कसैले पनि प्रश्न गर्ने ठाउँ राख्नु हुदैन ।
एमसीसी र अस्थिरताको बाटो
-पारस काङमाङ राई एमसीसीले दलहरुलाई फेरि पनि बिभाजन तर्फ उन्मुख गराउँदै लगेको विभिन्न सञ्चार माध्यम, सामाजिक संजाल र उच्चा स्रोतले बताउँदै आएको छ
एमाले सिद्धान्त-संगठन र स्थानिय तहमा देखिएको प्रश्न
-पारस काङमाङ राई विषय प्रवेश: मार्क्सवाद ठोस परिस्थितीको ठोस विश्लेषण हो । थुप्रै विकल्प/बाटोमा छलफल गर्न सकिन्छ । एउटै पात्र वा
एमाले महाधिवेशन: केही टिप्पणी र सुझावहरु
लेखक - पारस काङमाङ राई (१) नेकपा(एमाले) को १०औँ महाधिवेशनको बन्द शत्रमा भारतिय कम्युनिष्ट पार्ट्रीका नेता जोगिन्दर सिंहले बोल्दै नेपाललाई हिन्दु

प्रतिकृया दिनुहोस