• ON AIR
  • UP NEXTधरान खबर

धरान एक्स्पोमा आज शनिबार ‘राई इज किङ्ग’ 

धरान(२०७९-११-१३) - धरान एक्स्पो २०७९ को तेस्रो दिन आज शनिबार ‘राई इज किङ्ग’ राजेश पायल राईको प्रस्तुति रहने छ ।


साँझ ६ बजेदेखि गायक राईले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छन् । राईसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।


राईका दर्शन नमस्ते, बल्ल भेट भो आदाङ्बे, सागर सरी चोखो माया, तिमीजस्ती सुवासिली जस्ता सयौँ भन्दा बढी गीतहरू चर्चित छन् । एक्स्पोका लागि गायक राई धरान आई पुगिसकेका छन् ।


सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको एक्स्पो फागुन २० गतेसम्म जारी रहनेछ । 


अवलोकनकर्ताको सहजताका लागि आयोजकले चतरा बस स्ट्यान्ड, पानमारा स्कुल डाँडा, बरगाछी (रानी पेट्रोल पम्प), बगरकोट पारी (सेउती पुल) र मंगलबारे चोक गरी कुल पाँच स्थानबाट एक्स्पो स्थलसम्म निःशुल्क बस सेवा (एकतर्फी) उपलब्ध गराएको छ । 


दिउँसो एक बजेसम्म प्रवेश निःशुल्क गरिएको एक्स्पोमा दिउँसो एक बजेदेखि पाँच बजेसम्म प्रति टिकट ५० रुपैयाँ र साँझ पाँच बजेपश्चात्त प्रति टिकट २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस

किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”

धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको

“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक

धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो

धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने

धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ  । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार