धरान एक्स्पोः आइतबारको प्रमुख आकर्षण ‘आस्था राउत’
धरान(२०७९-११-१४) - धरान रङ्गशालामा जारी धरान एक्स्पोमा आज चर्चित गायिका आस्था राउतले साङ्गीतिक प्रस्तुति दिने भएकी छिन् ।
साँझ ६ बजेबाट गायिका राउतको प्रस्तुति सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । फागुन ११ बाट सुरु भएको एक्स्पोमा राजेशपायल राई, छेवाङ लामा र समिर श्रेष्ठले आ-आफ्नो प्रस्तुति दिइसकेका छन् ।
संयोजक श्रेष्ठका अनुसार गायिका राउतबाहेक स्थानिय कलाकारको समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नेछन् । फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा दिउँसो तीन बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको एक्स्पोमा साँझ पाँच बजेपश्चात्त दुई सय रुपैयाँका दरले टिकट मुल्य निर्धारण गरिएको छ ।
किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”
धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको
“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक
धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो
धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने
धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार

प्रतिकृया दिनुहोस