• ON AIR
  • UP NEXTधरान खबर

धरान एक्स्पोः छैटौँ दिनको मुख्य आकर्षण डिल्ली फोम्बो, टिकट दर घटाइयो 

धरान(२०७९-११-१६) - सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०७९ को छैटौँ दिन आज गायक डिल्ली फोम्बोको प्रस्तुति रहनेछ ।


फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति दिन लागेका फोम्बोको ‘माइली’, ‘चिटिक्क’, ‘युमा माङ’, ‘सुन्दरता’, ‘यो मायाले’, ‘रातकी रानी’ लगायतका गीतहरु चर्चित छन् । 


फोम्बो बाहेक एक्स्पोमा आज ‘तपस्वी ब्यान्ड’, ‘इन्फ्लुयन्स डान्स स्टुडियो’ लगायत स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।


साँझ ६ बजेबाट सुरु हुने साङ्गीतिक कार्यक्रममा आजका लागि टिकट दर एक सय रुपैयाँ निर्धारण गरिएको छ । दिउँसो तीन बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा दिउँसो तीन बजेदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको छ ।

प्रतिकृया दिनुहोस

किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”

धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको

“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक

धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो

धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने

धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ  । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार