“जेप्पा” बोलको गीत सार्वजनिक
धरान(२०७९-११-२९) - टिबि याक्खाको प्रस्तुति र हेन्सेन याक्खाको रचना रहेको “जेप्पा” बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा राई इज किङ राजेशपायल राई र सीता सिङ्गकले स्वर दिएका छन् । सङ्खुवासभाको चैनपुर र धर्मदेवी नगरपालिकाका विभिन्न स्थानहरुमा छायङ्कन गरिएको गीतको भिडियोमा टिबि याक्खा, हेन्सेन याक्खा, अनुशा राई, जीवन याक्खा लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।
ओएसआर डिजिटलको यूट्युब च्यानल मार्फत हिजो आइतबार सार्वजनिक भएको उक्त भिडियो यो समाचार तयार पार्दासम्म १३ हजार ८ सय बढीले हेरिसकेका छन् । गीतमा नेपाली भाषाको साथमा याक्खा भाषाका विभिन्न शब्दको समेत प्रयोग गरिएको छ । गीतको शिर्षक “जेप्पा” समेत याक्खा भाषाको एउटा शब्द हो ।
किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”
धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको
“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक
धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो
धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने
धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार

प्रतिकृया दिनुहोस