• ON AIR
  • UP NEXTधरान खबर

धरान-५ मा एक दिने निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

धरान(२०७९-१२-२१) - धरान-५ स्थित देउराली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा एक दिने निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।


धरान-९ मा रहेको मञ्जुश्री आँखा अस्पताल र बराह डेन्टल केयरको सहकार्यमा यहि चैत्र १७ गते शुक्रबार उक्त शिविर सम्पन्न भएको हो । शिविरमा धरान-५ मा बसोबास गर्ने २ सय भन्दा बढी बासिन्दाले लाभ लिएका थिए । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म भएको उक्त शिविरमा आँखा जाँच गराउने १८६ जना थिए भने दन्त परिक्षण गराउँने ५६ जना रहेका थिए ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल रेडक्रस सोसाइटीका सुनसरी जिल्ला सभापति उमेश थापाले हामीले कुनैपनि रोगलाई  सानो मान्ने गल्ति गर्न नहुने बताउँदै सानाे समस्याको उपचार गराउँनाले नै ठुला रोगहरुबाट बच्न सकिने बताए । उनले आउने दिनहरुमा नेपाल रेडक्रस सोसाइटी समेत देउराली खानेपानी उपभोक्ता तथा सरसफाई समितिसँग हातोमालो गर्न तत्पर रहेको बताएका छन् । उक्त शिविर देउराली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष जीवन लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो । उनले उपस्थित सम्पुर्ण ५ नं. वडा बासी, मञ्जुश्री आँखा अस्पताल, बराह डेन्टल केयर लगायत उपस्थितहरुमा आगामी दिनमा समेत सहकार्यको अपेक्षा राखेको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

धरान १७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धरान(२०८१-०८-३०)धरान १७ एन्फा मार्गमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नमुना विकास तथा वातावरण मञ्च धरान १७ को संयोजकत्व र वीपी

“राष्ट र समाज परिवर्तनको  सम्बाहक व्यक्ति स्वयम् हो। स्वास्थ्य व्यक्ति उत्पादन गर्नु राज्यको दयित्व हो”

    लक्ष्मण भट्टराई   स्वास्थ्यकर्मी एवम् उप-प्राध्यापक सामाजिक परिवर्तनमा स्वास्थ्य शिक्षा र पोषणको भुमिका      सामाजिक परिवर्तन

पिपिओ धरानमा रक्तदान साथै पाठेघर र स्तन क्यानसरको निःशुल्क परिक्षण शिविर सम्पन्न

धरान(२०८०-०९-२२) – भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम साथै महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क