• ON AIR
  • UP NEXTधरान खबर

पिपिओ धरानमा रक्तदान साथै पाठेघर र स्तन क्यानसरको निःशुल्क परिक्षण शिविर सम्पन्न

धरान(२०८०-०९-२२) – भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम साथै महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क परिक्षण शिविर सम्पन्न भएको छ ।


धरान १३ कोलोनीमा अवस्थित भारतीय दुतावास पेन्सन वितरण धरान केन्द्रको कार्यालय प्राङ्गाणमा बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म सञ्चालन भएको उक्त शिविरमा ३ सय ४ पिण्ट रगत संकलन भएको थियो ।


समाजिक उत्तरदायित्वलाई वहन गर्दै सोहि दिन पिपिओ, धरानले पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण शिविरको आयोजना गरिएको थियो । उक्त शिविरमा महिलाहरुको पाठेघरको साथै स्तन क्यान्सरको परिक्षण गरिएको थियो । शिविरमा १ सय ९२ महिलाहरुले विषेशज्ञद्वारा निशुल्क परिक्षण गराई फाइदा लिएका थिए ।


विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको संयोजकत्वमा भएको शिविरमा संकलित रगत समेत बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई हस्तान्तरण गरिएको थियो ।
उक्त शिविरमा धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम वेघा, पुर्व संघिय सांसद मिना सुब्बा, इलाका प्रसाशन कार्यालय धरानका सहायक प्रमुख जिल्ला अधिकारी अनुप घिमिरे,  इलाका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेल,  राष्ट्रिय अनुसन्धान विभागका डिआईजी किशोर श्रेष्ठ,  सशत्र प्रहरी बलका डिएसपी बुद्धी नारायण महर्जन, ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्ल, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक सुवास केसी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अर्थोपेडिक डाक्टर राजिव मर्हजन लगायतको उपस्थिति रहेको थियो ।


उक्त शिविरमा बोल्दै पिपिओ धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाले पिपिओ धरानको आथित्यलाई स्वीकार गरि यस महान सामाजिक कार्यमा सहभागिता जनाइदिएकोमा सम्पूर्ण भारतीय भुतपुर्व सैनिकहरु, नेपाल सरकारका विभागिय कर्मचारीहरु तथा अन्य सहभागिहरुप्रति आभार प्रकट गरेका थिए । साथै आगामी वर्षमा पनि यस्तै सहभागिताको आशा व्यक्त गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

धरान १७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धरान(२०८१-०८-३०)धरान १७ एन्फा मार्गमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नमुना विकास तथा वातावरण मञ्च धरान १७ को संयोजकत्व र वीपी

“राष्ट र समाज परिवर्तनको  सम्बाहक व्यक्ति स्वयम् हो। स्वास्थ्य व्यक्ति उत्पादन गर्नु राज्यको दयित्व हो”

    लक्ष्मण भट्टराई   स्वास्थ्यकर्मी एवम् उप-प्राध्यापक सामाजिक परिवर्तनमा स्वास्थ्य शिक्षा र पोषणको भुमिका      सामाजिक परिवर्तन

धरान ९ मा एकिदने निःशुल्क आँखा शिविर सम्पन्न

धरान (२०७९-१२-२५) - धरान वडा नं.९ मा एकिदने निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । धरान-९, पुतली लाईनमा रहेकाे मञ्जुश्री सुपर स्पेशालिटी आई केयर सेन्टर