• ON AIR
  • UP NEXTधरान खबर

“राष्ट र समाज परिवर्तनको  सम्बाहक व्यक्ति स्वयम् हो। स्वास्थ्य व्यक्ति उत्पादन गर्नु राज्यको दयित्व हो”

 

  लक्ष्मण भट्टराई
  स्वास्थ्यकर्मी एवम् उप-प्राध्यापक

सामाजिक परिवर्तनमा स्वास्थ्य शिक्षा र पोषणको भुमिका
     सामाजिक परिवर्तन भौतिक संरचनाको विकास भनि बुझ्ने शैलिले हामीलाई संकुचित दायरामा बाधेको छ । सामाजिक परिवर्तन एउटा प्रकृया हो जसमा सामाजिक प्रक्रियाहरू, ढाँचाहरू वा सामाजिक संगठनको भिन्नता वा भिन्नताहरूको वर्णन गर्दछ । व्यक्ति आफैमा समाज परिवर्तनको बाहाक हो, समाजको परिवर्तन र समाजको विकास प्राकृतिक एवम् निरन्तर चलिरहने प्रक्रिया हो । समाज परिवर्तन बहुआयमिक प्रकृतिको हुन्छ भने योजनाबद्ध वा आकस्मिक रूपमा समाजको परिवर्तन गर्ने गरिन्छ । (समाज परिवर्तन र समाज विकास : RajdhaniDaily.Com, 2023). सामाजिक परिवर्तनका अवयबहरुमा  भौतिक संरचनासँगै अन्य मानबिय क्रियाकलापबाट सिर्जित समाजमा हुने परिवर्तनलाई जनाउँदछ । एम.डी. जेन्सनका अनुसार,“सामाजिक परिवर्तन भनेको मानिसहरूको काम गर्ने र सोच्ने तरिकामा हुने परिवर्तन हो, यसलाई हामी सामाजिक परिवर्तन भन्न सक्छौँ।” समाजलाई कार्यगत ढाचामा परिवर्तन गर्न समाजका व्यक्तिहरु आफैमा सबल बन्न पर्छ प्रत्येक व्यक्तको बानी ब्याबहार आचरण सिप कला काैशलमा प्रवर्द्धन गर्न व्यक्ति आफैमा स्वास्थ्य हुनु पर्दछ । स्वास्थ्य व्यक्तिमा भएका सकरात्मक सोच र क्रियाकलापहरु समाज परिवर्तनका आधारभुत पक्ष बन्न सक्छन्र ।


     शिक्षा आफैमा सकरात्मक परिवर्तनको बहाक हो भने एउटा स्वास्थ्य र संमृद्धिको आधआरशीला पनि हो । यो स्वास्थ्यकर ज्ञान र बानीहरू सिक्ने पद्दती हो ताकि तिनीहरू स्वस्थ रहन सकून्। आम जनतालाई यस्ता स्वास्थ्य शिक्षाको माध्यमबाट आम मानिसले जीवनको परिवर्तनशील चरणमा स्वस्थ रहन धैर्यपूर्वक समस्याको सामना गर्न सिक्छन्। “स्वास्थ्य शिक्षा भनेको स्वास्थ्य सम्बन्धी आवश्यकताहरू पहिचान गर्न र यी आवश्यकताहरूसँग मिल्दोजुल्दो उपयुक्त व्यवहारको सुझाव दिन दिइने शिक्षा हो”(Bandey, 2018) । सरल शब्दमा भन्ने हो भने मानिसहरूलाई स्वास्थ्य र रोगसम्बन्धी जानकारी दिने, उनीहरूको स्वास्थ्य सुधार गर्ने प्रयास गर्ने सम्पूर्ण प्रक्रिया हो। “स्वास्थ्य प्रवर्द्दन, रोग नियन्त्रण गर्न सक्षम बनाउने आदि भनेको स्वास्थ्य शिक्षा हो । यसको प्रकृति अनुसार यसले स्वास्थ्य सम्बन्धी बानीहरू विकास गर्नमा ध्यान केन्द्रित गर्दछ जसले मानिसहरूलाई स्वस्थ महसुस गराउन सक्छ”(Bandey, 2018) । स्वास्थ्य व्यक्तित्वको विकाससँगै समाज र राष्ट्रको विकासमा पनि स्वास्थ्यको महत्वपुर्ण स्थान रहेको हुन्छ।


     स्वास्थ्य शिक्षाको आंगिक पक्षका रुपमा पोषण शिक्षालाई पनि लिइन्छ । शारिरिक र मानसिक वृद्धि विकाससँगै उसका बानि-ब्यबहार, कला-कौशल, सिप ज्यान जस्ता पक्षले पोषणको स्थितिलाई इङ्गित गर्दछ । पोषण व्यक्तित्व विकास साथै समाज र राष्ट्रको परिवर्तन र समृद्धको बाहाक हो । राज्य स्वास्थ्यमा लगानी भनेर बिकल्प बिहिन रुपमा औषधी उपचारमा केवल रोगजन्य व्यवस्थापनका लागि अरबाैको लगानी गरेको छ । समाज र राष्ट्रको समृद्धि भन्दै आज ठुला अस्पताल निर्माण संरचना अनि तिनिहरुबाट प्रवर्द्दनात्मक भन्दा उपचारात्माक पक्षमा बढि बढावा दिएको पाइन्छ । विकासोन्मुख देशहरूमा सामुदायिक पोषण सुधार गर्ने माध्यमको रूपमा पोषण शिक्षाको महत्त्व र लगानीमा बढावा दिन अगाडि बढेको पाइन्छ। त्यस्तै विधालयका बालबालिका, गर्भवती महिला, सुत्केरी आमा र समुदायका अन्य जोखिममा परेका वर्गहरूमा कुपोषणको मुख्य कारण आहारको आवश्यकता र विभिन्न खाद्यवस्तुको पौष्टिक मूल्यबारे चेतनामा तत्पर छन्र । पोषण शिक्षा व्यावहारिक र सजिलैसँग सामाजिक आर्थिक स्थिति, खाने बानी र स्थानीय रूपमा उपलब्ध हुने खाध्य-बस्तु र खाना खुवाउने उद्देश्यको लागि आवश्यक स्थानीय खाद्य स्रोतहरू अनुरूप हुनुपर्छ । पोषण शिक्षा कार्यक्रमहरू समुदायको हिस्सामा बन्नुपर्दछ(पोषण शिक्षा समुदाय: महत्व, विधि र अन्य विवरणहरू, 2024) ।

     नेपालको सन्दर्भमा पोषण ज्ञानको कमि, सानै उमेरमा विबाह र गर्भधारण, विभिन्न रोगको संक्रमण, खाद्य असुरक्षा, शुद्ध पिउने पानीको अभाव, सन्तुलित आहारको कमि, जोखिमयुक्त वर्गको हेरचाहमा कमी, पर्याप्त खाद्य पदार्थ तथा पोषक तत्वको उपलब्धता नहुनु स्वास्थ्य शिक्षाको कमि मुख्य आधारशिलाका रुपमा गइरहेको छ । नेपालमा पोषणको अबस्था केहि सुधार बिभिन्न तथ्याङ्कहरुले देखाए पनि जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले मधेस प्रदेशको कुरा गर्ने हो भने २९ प्रतिशत बालबालिकामा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पता रहेको छ । “पौष्टिक आहार, प्रायः जीवनशैली कारकको रूपमा मोटोपना, हृदय रोग, उच्च रक्तचाप, स्ट्रोक, टाइप २ मधुमेह, मेटाबोलिक सिन्ड्रोम, केही क्यान्सर र केही न्यूरोलोजिकल रोगहरू सहित धेरै पुरानो अवस्थाहरूको विकासमा योगदान गर्दछ (Awale, 2019.) ।

     आज मुलुकको ब्याय भार उपचारात्मक स्वस्थ्य क्षेत्रमा लगानी बढि रहेको छ। जुन रोग रोकथाम तथा नियन्त्रणको दिर्घकालिन समाधानका लागि नभइ  रोगीको सहज जिवनयापनका लागी मात्र रहेको बुझ्न सकिन्छ । स्वास्थ्य जनताको मौलिक हकका रुपमा किटान गरिएको छ तर रोगिको रोग उपचार गर्नु मात्र होइन कि यसमा स्वास्थ्य प्रवर्द्दनको बिभिन्न पक्ष पनि यसका अवयव हुन् भनि बुझ्न पर्दछ।

      “राष्ट र समाज परिवर्तनको  सम्बाहक व्यक्ति स्वयम् हो । स्वास्थ्य व्यक्ति उत्पादन गर्नु राज्यको दयित्व हो”

स्वास्थ्यका समसामयिक ढाचा तथा  प्रकृयाहरुमा हुनु पर्ने पोषण शिक्षाको माध्यम र सुधारात्मक पक्षहरु

  • सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुबाट समुदायमा पोषण समस्याको बारेमा आधारभूत जानकारी पोषण सर्वेक्षणहरू सञ्चालन गरेर र शिक्षा आवश्यक पर्ने वास्तविक समस्या पत्ता लगाउन नतिजाहरू संकलन गरेर गर्न सकिन्छ (विशेष गरी कमजोर समूहहरू जस्तै शिशुहरू, पूर्वस्कूलरहरू, गर्भवती र स्तनपान गराउने आमाहरू आदि)।
     
  • स्वास्थ्य विषय शिक्षकहरुद्वारा सामाजिक आर्थिक कारकहरू, धार्मिक विश्वासहरू, रीतिरिवाज र परम्पराहरूको अध्ययन जसले आहार-बिहारलाई प्रभाव पार्दछ ।
  • स्वास्थ्यकर्मिहरुले स्थानीय तहहरूमा पोषण शिक्षा सामग्रीको विकास र स्थानीय रूपमा प्रचलित समस्याहरू पहिचान र निवारकण योजना तय गर्नुपर्छ ।
  • विषेशज्ञहरुबाट प्रत्येक बिरामीहरुको पोषण अबस्था जाँचबुझ र त्यसका न्युनतम प्राप्तिका लागिका घरायसी तरिका बारे जानकारी दिनु पर्दछ। कुपोषितलाई पोषित बनाउनका निम्ति ओ.टी.पी. सेन्टरमा राखि उपचारको प्रबन्ध मिलाउनु पर्दछ ।

 

लागू पोषण कार्यक्रमः
     पोषण कार्यक्रमहरूलाई स्वास्थ्य र शिक्षा विभागहरू र समुदायका मानिसहरूको सक्रिय सहभागितामा अन्य इच्छुक एजेन्सीहरूबीचको समन्वयित शैक्षिक गतिविधिहरूको रूपमा सञ्चालन गर्नु तथा यस्ता कार्यक्रमको उद्देश्य खाद्यान्न उत्पादन र उपभोगमा सुधार गरी आमा र बालबालिकाको पोषण अवस्था अभिवृद्धि गर्न जोड दिने हुनुपर्दछ । सामान्यतया दीर्घकालीन कार्यक्रमहरू बिस्तार, सावधानीपूर्वक योजना र समन्वय गर्न आवश्यक छ । कार्यक्रमलाई परिबर्तन परिस्थिति अनुसार मिल्ने गरी डिजाइन गरिनु पर्दछ ।

 

पोषणको लागि हुनुपर्ने सकरात्मक व्याबहारहरुः
     पोषण आफैमा रोगको प्रतिकारात्मक अवस्था हो, खानपान र बानि व्यावहार पोषणको स्थिती मापन हो । सर्ने र नसर्ने रोगहरुमध्ये मानिसमा लाग्ने रोगको ८०% भन्दा बढि पोषणका कारण छन् भन्ने कुरा बुझ्न जरुरी छ । आधुनिकतासँगै उपचारात्मक शैलिमा परिवर्तन भयो, आधुनिक मेसिन अत्याधुनिक उपचारात्मक पद्धति, परिस्कृत औषधीका परिणाम र प्याकेजिङ देख्दै कहिल्यै रोग नलाग्ने अनि सदाका लागि रोग नै भगाउने झै लाग्छ । अनि देशको लगानी र स्थानिय तहहरुको पालिकामा अस्पतालका संरचना सञ्चालन र व्यावस्थापन हेर्दा लाग्छ कि बिना योजनामा लगानी । राज्यको उपयुक्त निति नियम को अभाबमा स्थानिय तहले प्रवर्द्दनात्मक र प्राथामिक स्वास्थ्य सेवा प्रदान गर्ने आधारभुत अस्पताल र केन्द्रहरुलाई सुबिधा सम्पन्न पुनःस्थापना केन्द्र जस्तै गरि बिना बिषेशज्ञ र बिना भौतिक संरचना बिस्तार गर्न खोज्नुले भबिष्यमा पार्ने असरका बारेमा लेखाजोखा गर्न आबश्यक छ। 


१) दैनिक ब्याक्तिगत

  • खानपानको अभाब /दैनिक आहारमा सन्तुलन मिलाउने
  • घरेलु भन्दा प्याकिजिङयुक्त खानालाई प्रवर्द्दन गर्ने बानिलाई  निरुत्साहित गर्ने
  • नियमित सरसफाई  
  • व्यायममा निरन्तरता
  • उपयुक्त शिक्षामा जानकार

२) सामाजिक व्यावहारः 

  • योजना तथा निति समाज उपयोगी
  • देखा सिखिमा क्रमिक सुधार
  • धर्म सस्कृति र परम्परामा सकरात्मक परिवर्तन
  • अनुशासित सामाजिक क्रियाकलाप

३) नितिगत व्यावहारः

  • दक्ष योजनाकारको व्यावस्थापन
  • योजना तर्जुमाकम बिज्ञको परामर्श लिने
  • निति निर्माण र व्यावस्थापनमा सुधार गर्ने
  • एकिकृत बहुयोजनामा सहभागितामा बढाउने
  • सहि आवश्यकता (REAL NEED) को ठम्याइ सोहि अनुसार निति निर्माण गर्ने
  • केन्द्रिकृत योजना तथा ठेलिएको(push system plan) कार्यक्रमलाई पुर्न योजना बनाउने

घरेलु भन्दा प्याकिजिङयुक्त खानालाई निरुत्साहि गर्ने विभिन्न प्रकारका फलफूल खाने । आफ्नो प्लेटको आधा फलफूल र तरकारी बनाउनुहोस् । सम्पूर्ण अन्न, उच्च फाइबर ब्रेड र अनाज (दिनको ३ देखि ६ सर्भर) खानुहोस् । परिस्कृत वा प्रशोधित कार्बोहाइड्रेट घटाउनुहोस् वा हटाउन; तपाईको आहारमा कम्तिमा आधा अनाज होल ग्रेन हुनुपर्छ( (Kimokoti & Millen, 2016) ।

     राज्यले गरेका योजना तर्जुहरु बिशिष्ठिकृत छन्, ति योजनाहरु नै देश बिकास र परिवर्तनका लागि सबल पक्षहरुका उदाहरणहरु हुन् । हाल देखिएको योजना तर्जुमासँगसँगै कार्यान्वयनका पक्ष बढि नै फितलो रहेको पाइन्छ । प्रणालीगत योजनालाई तहगत रुपमा यसको अनुगमन-मूल्याङ्कन र दर्बिलो कार्यन्वयन गरे परिवर्तनमा कोशे ढुंगा सबित बन्ला ।
 

सन्दर्भ सामग्री
Awale, S. (n.d.). Nearly half of Nepali children still malnourished | Nepali Times. 2019. Retrieved June 11, 2021, from https://www.nepalitimes.com/banner/nearly-half-of-nepali-children-still-malnourished/
Bandey. (2018). स्वास्थ्य - विकिपिडिया. Https://Www.Scotbuzz.Org/2018/09/Svasthy-Shiksha.Html. https://ne.wikipedia.org/wiki/स्वास्थ्य
Kimokoti, R. W., & Millen, B. E. (2016). Nutrition for the Prevention of Chronic Diseases. Medical Clinics of North America, 100(6), 1185–1198. https://doi.org/10.1016/J.MCNA.2016.06.003
पोषण शिक्षा समुदाय: महत्व, विधि र अन्य विवरणहरू. (2024). https://hi.triangleinnovationhub.com/nutrition-education-community
समाज परिवर्तन र समाज विकास : RajdhaniDaily.com. (2023). Rajdhani Daily. https://rajdhanidaily.com/id/31808/

 

प्रतिकृया दिनुहोस

धरान १७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धरान(२०८१-०८-३०)धरान १७ एन्फा मार्गमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नमुना विकास तथा वातावरण मञ्च धरान १७ को संयोजकत्व र वीपी

पिपिओ धरानमा रक्तदान साथै पाठेघर र स्तन क्यानसरको निःशुल्क परिक्षण शिविर सम्पन्न

धरान(२०८०-०९-२२) – भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम साथै महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क

धरान ९ मा एकिदने निःशुल्क आँखा शिविर सम्पन्न

धरान (२०७९-१२-२५) - धरान वडा नं.९ मा एकिदने निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । धरान-९, पुतली लाईनमा रहेकाे मञ्जुश्री सुपर स्पेशालिटी आई केयर सेन्टर