जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न
धरान(२०८०-०१-२९) - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चिसापानी पञ्चमिले वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार माङ्सेबुङ ६ पन्चमीमा भएको उक्त कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो कार्य क्षेत्रका सम्पुर्ण केन्द्रका सदस्यलाई समेटेको थियो ।
कार्यक्रममा ५ जना अति बिपन्न वर्गका बिद्यार्थीलाई १ बर्षसम्मको लागि पढाइको सम्पूर्ण खर्च बेहोर्ने गरी जिम्मा लिएको थियो । त्यसैगरि उत्कृष्ट केन्द्र, बचतकर्ता, ऋणि, उधमी, अधिकृत टेलर सदस्यलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारि अधिकृत सन्जय कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई रहेका थिए । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सुरक्षा निकाय, स्थानीय बुद्धिजीवी बर्ग, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
ग्रामीण भेगमा बिगत १० बर्ष देखि सेवा दिदै आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचथर मिक्लाजुङ, इलाम माङ्सेबुङ, चुलाचुली/मोरङ मिक्लाजुङमा गरि जम्मा ४ ओटा गाउँपालिकाकामा लगभग २२ सय सदस्यलाई आफ्नो वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
लगभग २ सयभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा शाखाको हालको गतिविधिको बारेमा चिसापानी शाखा प्रमुख नगेन्द्र कार्कीले प्रस्ट पारेका थिए । कार्यक्रमको जानकारी शाखाका कर्मचारी युगल श्रेष्ठले दिएका थिए । संस्थाको केन्द्रिय कार्यालय तालिम बिभाग प्रमुख रन्जना निरौलाले संस्थाको हालको प्रगती विवरण प्रस्तुत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन इलाम जिल्ला प्रमुख राजेस कुमार साहले गरेका थिए ।
मञ्जुश्री फाइनान्स धरान शाखाले विभिन्न कार्यक्रम गरी मनायो ग्लोबल मनि विक २०२५
धरान(२०८१-१२-१०) - मञ्जुश्री फाइनान्स लिमिटेड, धरान शाखाले विभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक २०२५ मनाएको छ । यहि चैत्र ८ गते शुक्रबारका दिन
उद्यमशिल सहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न, २ अर्ब ३२ करोड बढीको कारोबार
धरान(२०८०-०६-२१) - उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । धरान-१० सैनिक चोकमा प्रमुख
जीवन विकास लघुवित्त वित्तीय संस्थाको १ दिने अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
धरान(२०८०-०२-१४) - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चिसापानीले माङ्सेबुङ ५ भालटार स्थित १ दिने अन्तरक्रिया तथा वित्तीय

प्रतिकृया दिनुहोस