• ON AIR
  • UP NEXTधरान खबर

उद्यमशिल सहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न, २ अर्ब ३२ करोड बढीको कारोबार

धरान(२०८०-०६-२१) - उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।


धरान-१० सैनिक चोकमा प्रमुख कार्यालय रहेको उद्यमशिल सहकारीले शनिबार आयोजना भएको ११ औँ वार्षिक साधारणसभामा संस्थाका उपाध्यक्ष सिंग बहादुर मादेनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले आर्थिक वर्ष २०७९/८० मा आयकर पश्चात ४३ लाख ६४ हजार ३ सय ४१ रूपैयाँ १ पैसा खुद बचत(मुनाफा) गर्न सफल भएको जानकारी दिएका छन् । सहकारीले आर्थिक वर्ष २०७९/८०  मा २ अर्ब ३२ करोड ५७ लाख ९५ हजार ८ सय २० रुपैयाँ ७ पैसा कुल कारोबार गरेको बताइएको छ । सहकारीले विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयर बोनस कोषमा १४ लाख ६३ हजार १ सय ४५ रुपैयाँ ३२ पैसा संचित गर्न सफल भइ कुल शेयर पूँजिको ५ प्रतिशतका दरले लाभांश वितरण गर्न सफल भएको समेत बताइएको छ ।


सहकारीले आर्थिक वर्ष २०७९/८०   को अन्त्यमा ५ करोड ८६ लाख ८६ हजार २ सय ९० रुपैयाँ ८० पैसा कुल आम्दानी गरेकोमा कुल खर्च ५ करोड ३९ लाख ९३ हजार ४ सय ५१ रुपैयाँ गरेको कार्यवाहक अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । उनले आर्थिक वर्ष २०७९/८० को अन्त्यमा ५ करोड २६ लाख १ हजार १ सय रुपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको बताउँदै १ अर्व ३९ करोड ११ लाख ८० हजार ९ सय ३ रुपैयाँ ३४ पैसा निक्षेप संकलन गरेको बताएका छन् । 


साधारण सभामा व्यवस्थापकिय प्रगतिबारे जानकारी दिदै सहकारीका प्रमुख कार्यकारी अधिकृत जित बहादुर राउतले सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकममा ५ प्रतिशत, बचतमा १ प्रतिशत, ऋण लगानीमा ३ प्रतिशत, ऋण असुलीमा ९२ प्रतिशतले बृद्धि गरी ऋण लगानीमा थप ९१ प्रतिशतले वृद्धि गरेको छ भने कोष रकममा थप १४० प्रतिशतले वृद्धि गरी खुद नाफामा ४८ प्रतिशतले वृद्धि गर्न सफल भई सदस्य विस्तारमा समेत २१७ प्रतिशतले वृद्धि गर्न सफल भएको बताएका छन् । साथमा उनले आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएका मुख्य कार्यहरू, संस्थाको उपलब्धिहरूको बारेमा शेयर सदस्यहरूलाई जानकारी गराएका थिए ।


कर्मचारी, शेयर सदस्य र पत्रकार मनिता चाम्लिङलाई सम्मान


सहकारीले हरेक वर्ष प्रदान गर्दै आइरहेको पत्रकार सम्मान यसपटक पत्रकार मनिता चाम्लिङलाई प्रदान गरेको छ । उनलाई नगद १० हजार ५ रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको थियो ।


उक्त समयमा नै इटहरी-४ का तिर्था घिमिरेलाई बिशेष सहयोग सम्मान गरिएको थियो । त्यस्तै केन्द्रिय कार्यालय तर्फ उत्कृष्ट कर्मचारीको पुरस्कार धरान १७ की दिल कुमारी राई, देउराली सेवा केन्द्र तर्फ धरान-५ की सुनिता राई र इटहरी सेवा केन्द्र तर्फ इटहरी-९ की मनिषा बुढाथोकीलाई प्रदान गरिएको थियो । साथमा इटहरी सेवा केन्द्रका ४ जना, केन्द्रिय कार्यालय तथा देउराली सेवाकेन्द्रका ९ जना गरी जम्मा १३ जना असल तथा नियमति बचतकर्ताहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने बचतकर्ताहरुमा इटहरी सेवा केन्द्र तर्फ इटहरी-८ की रञ्जु कटुवाल, इटहरी-६ का सुबास शाह हलवाई, इटहरी-४ की लक्ष्मी पाैड्याल र इटहरी-८ की पिंकी देवी चाैधरी रहेका छन् । त्यस्तै केन्द्रिय कार्यालय तथा देउराली सेवाकेन्द्र तर्फ धरान-१७ का सुमन मगर र कमला राई, धरान-१५ की सृजना तामाङ, धरान-१३ की ज्योति शाही, धरान-१० की किरण तामाङ, धरान-१२ की गीता राई, धरान-९ की गंगा भूजेल, धरान-१ का कुन्दन श्री ढकाल र धरन-५ की मन कुमारी राई रहेका छन् ।


इटहरी सेवा केन्द्रका ४ जना, केन्द्रिय कार्यालय तथा देउराली सेवाकेन्द्रका ८ जना गरी जम्मा १२ जना असल तथा नियमित बचत तथा ऋण सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने बचतकर्ताहरुमा इटहरी सेवा केन्द्र तर्फ रामधुनी-५ का लोनाथ गेलाल, इटहरी-६ का बिक्की अग्रवाल, इटहरी-४ की बुद्धिमाया राई र इटहरी-१० का दशरथ ढकाल रहेका छन् । त्यस्तै केन्द्रिय कार्यालय तथा देउराली सेवाकेन्द्र तर्फ धरान-८ का उत्तम राई, धरान-१७ का मंगले साही, धरान-५ का छिरिङ शेर्पा र आशा राई, धरान-१५ का राज श्री राई, धरान-१० का उत्सव ताम्राकार र उषादेवी अग्रवाल र धरान-७ का चेत बहादुर पोख्रेल रहेका छन् ।


कार्यक्रम सहकारीका उपाध्यक्ष सिंग बहादुर मादेनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा धरान-१० का वडाध्यक्ष विवेक राई, धरान-१८ का वडाध्यक्ष नरेन्द्र कुमार राई(प्रविण), जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राई लगायतका विशिष्ट अतिथिहरूको साथमा सहकारीका शेयर सदस्य, बचतकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

मञ्जुश्री फाइनान्स धरान शाखाले विभिन्न कार्यक्रम गरी मनायो ग्लोबल मनि विक २०२५

धरान(२०८१-१२-१०) - मञ्जुश्री फाइनान्स लिमिटेड, धरान शाखाले विभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक २०२५ मनाएको छ ।   यहि चैत्र ८ गते शुक्रबारका दिन

जीवन विकास लघुवित्त वित्तीय संस्थाको १ दिने अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धरान(२०८०-०२-१४) - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चिसापानीले माङ्सेबुङ ५ भालटार स्थित १ दिने अन्तरक्रिया तथा वित्तीय

जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न

धरान(२०८०-०१-२९) - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चिसापानी पञ्चमिले वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न गरेको छ