• ON AIR
  • UP NEXTधरान खबर

जीवन विकास लघुवित्त वित्तीय संस्थाको १ दिने अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धरान(२०८०-०२-१४) - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चिसापानीले माङ्सेबुङ ५ भालटार स्थित १ दिने अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।


 

आज शनिबार भएको कार्यक्रममा बिभिन्न केन्द्र बाट कार्यक्रममा लगभग ५० भन्दा बढीको उपस्तिथि रहेको थियो । उपस्थित सदस्यहरूलार्इ ४ वटा समूहमा विभाजन गरी अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा २ जना बिपन्न परिवारका विद्यार्थीहरूलार्इ १ बर्ष सम्म पठनपाठन पुर्ण सहयोग गर्ने समेत घोषणा गरिएको छ ।

 


 

संस्थाको शाखा प्रमुख नगेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माङ्सेबुङ गाउँपालिकाका कार्यपालिका सदस्य हस्त रार्इ प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथीहरूमा संस्थाका जिल्ला प्रमुख राजेश शाह रहेका थिए भने अतिथिहरुमा बुद्धिजिवी होम लिङ्देन, शुभदल सेलिङ लागयतको उपस्थिति रहेको थियो । 


कार्यक्रमको सहजीकरण जिल्ला प्रमुख राजेश शाहले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी युगल श्रेष्ठ गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

मञ्जुश्री फाइनान्स धरान शाखाले विभिन्न कार्यक्रम गरी मनायो ग्लोबल मनि विक २०२५

धरान(२०८१-१२-१०) - मञ्जुश्री फाइनान्स लिमिटेड, धरान शाखाले विभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक २०२५ मनाएको छ ।   यहि चैत्र ८ गते शुक्रबारका दिन

उद्यमशिल सहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न, २ अर्ब ३२ करोड बढीको कारोबार

धरान(२०८०-०६-२१) - उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । धरान-१० सैनिक चोकमा प्रमुख

जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न

धरान(२०८०-०१-२९) - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चिसापानी पञ्चमिले वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न गरेको छ