उद्यमशिल सहकारीद्वारा ज्येष्ठ सदस्य भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न
धरान(२०८०-०५-३१) - धरान-१० सैनिक चोकमा रहेको उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्य भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
यहि भदौ २९ गते शुक्रबारका दिन भेडेटार पाथिभरा मन्दिर क्षेत्रमा भ्रमण तथा वनभोज कार्यक्रममा सहकारीमा आबद्ध ५६ जना ज्येष्ठ सदस्यहरुको उपस्थिति रहेको थियो ।
ज्येष्ठ सदस्यहरूलाई पनि संस्थासंग आवद्ध गरि वहाँहरूको विचारलाई उच्च सम्मान गर्ने उद्देश्यले सुरू गरिएको ज्येष्ठ सदस्य कार्यक्रम अन्तर्गत उक्त भ्रमणको आयोजना गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) जित बहादुर राउतले जानकारी दिएका छन् ।
उनले भने,“यो कार्यक्रम हामीले सहकारीका सदस्यहरूको बचत रकमबाट नभएर संस्थाले कमाएको मुनाफाबाट आयोजना गरेका हौँ । हामीले अनावश्यक खर्च र व्यक्ति विशेषलाई हेरेर व्यावहार गर्दैनौ, संस्थाको सदस्यहरूको लागि जस्तो नियम छ, सञ्चालक समितिको लागि पनि त्यहि नियम लागु गरेका छौँ । तपाईहरूलाई म सदैब भन्ने गर्छु संस्थामा आएर के कस्तो कारोबार हुदैछ हेर्न र बुझ्न सक्नुहुनेछ ।
उनले अबको साधारण सभा पछि सिप सिक्न चाहने महिला दिदीबहिनीहरूको लागि सिपमुलक तालिमको व्यावस्था गरिने जानकारी दिएका छन् । साथमा उनले हाल संस्थाको सम्पति र योजनाको बारेमा समेत जानकारी दिएका थिए ।
किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग
धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ
धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने
धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो

प्रतिकृया दिनुहोस