• ON AIR
  • UP NEXTधरान खबर

धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने

धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।


धरान-१६ स्थित रङ्गशाला भित्र रहेको कभर्ड हल छेउको खेल मैदानमा उक्त एक्स्पो हुनेछ । जम्मा १ सय ५० स्टलहरु रहने एक्स्पोमा विभिन्न स्थानका व्यवसायीहरुको हस्तकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन श्रोतबाट उत्पादित बस्तुलाई पहिलो प्राथमिकतामा राखिने बताइएको छ । एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम हुनुको साथै राष्ट्रिय स्तरको कलाकारहरुको प्रस्तुति रहनेछ । जसले गर्दा साँझ ५ बजेदेखि ९ बजेसम्म भने प्रवेश शुल्क १ सयदेखि २ सम्म रुपैयाँसम्म लाग्ने आयोजकले जानकारी दिएका छन् । उक्त साङ्गीतिक कार्यक्रमबाट उठेको रकमले धरानका वरिष्ठ गायक गंगा वरदानलाई केही आर्थिक सहयोग प्रदान गरिने समेत बताइएको छ ।


धरानका उद्योगी व्यवसायीहरुको व्यापार प्रवर्द्धन गर्ने उद्देश्य लिएर “पर्यटन, कृषि, सूचना, प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापार प्रदर्शनी” का लागि धरान एक्स्पो हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ 

प्रतिकृया दिनुहोस

किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग

धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ

प्रगति युवा समाजद्वारा आयोजित रक्तदानमा ३७ पिण्ट रगत संकलन

धरान(२०८०-०९-०३) - प्रगति युवा समाज, धरान १६ ले आयोजना गरेको छैठाैँ रक्तदान कार्यक्रममा ३७  पिण्ट रगत संकलन भएको छ ।   “हाम्रो अभियान लागुऔषध