• ON AIR
  • UP NEXTधरान खबर

किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

- माैसमी लिम्बू

धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


धरान-१७ साकेला साँस्कृतिक पार्कमा रहेको साकेला पुस्तकालय आयोजित उक्त कार्यक्रममा शुभकामना आदान-प्रदान गरिनुको साथमा पत्रकारिता क्षेत्रमा योगदान दिदै आएका दुई जना राई पत्रकारलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो । सम्मानित हुनेमा नेपाली हेडलाईनमा कार्यरत बराहक्षेत्रका हिमाल राई रहेका छन् । उनलाई चन्द्रकला राई स्मृति पत्रकारीता सम्मानले सम्मान गरिएकाे हाे । उनलाई नगद ७ हजार ५ रूपैयाँ सहित फेटा र सम्मान पत्रले सम्मान गरिएको थियो । उनी उक्त कार्यक्रममा उपस्थित हुन नसकेका कारण उनको सम्मान पत्रकार गोपाल दाहालको हातमा पठाइएको थियो ।


उक्त समयमा पुरस्कृत हुनेमा रेडियो धरानमा कार्यरत देविका चाम्लिङ्ग राई रहेकी छन् । उनलाई विध्या कुमारी राई स्मृति सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उनलाई नगद ५ हजार ५ रूपैयाँ सहित पछ्याैरी र सम्मान पत्र प्रदान गरिएको थियो ।


किरात राई पत्रकार संघ जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष  बसन्त बान्तवा राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा किरात राई पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिशाल राई प्रमुख अतिथि रहेका थिए । अतिथिहरूमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋिषि राई, किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष राजेन्द्र राई, क्रियाशील पत्रकार महिला जिल्ला कार्य समिति सुनसरीकी अध्यक्ष मनिता चाम्लिङ राई, फोटो पत्रकार संघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई लगायतको पस्थिति रहेको थियो ।


कार्यक्रममाको उद्घाटन प्रमुख अतिथि तथा अतिथिहरूबाट ब्यानर पढेर गरिएको थियो भने एक आपसमा केक खुवाएर स्थापना दिवसको शुभकामना आदान-प्रदान गरिएको थियो । उपस्थित अतिथिहरूले आफ्नो मन्तव्य राख्दै किराँत राई पत्रकार संघको इतिहासको बारेमा सम्झना गर्दै विगतमा भएका कामहरूका बारेमा स्मरण गरेका थिए । साथमा अब गर्नुपर्ने कामका बारेमा जानकारी र सुझाब दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस

लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग

धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ

धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने

धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो

प्रगति युवा समाजद्वारा आयोजित रक्तदानमा ३७ पिण्ट रगत संकलन

धरान(२०८०-०९-०३) - प्रगति युवा समाज, धरान १६ ले आयोजना गरेको छैठाैँ रक्तदान कार्यक्रममा ३७  पिण्ट रगत संकलन भएको छ ।   “हाम्रो अभियान लागुऔषध