लायन्स क्लब अफ धरान हेल्पिङ हेण्डस्को अध्यक्ष बने पोषण श्रेष्ठ
धरान(२०८०-०६-०५) - लायन्स क्लवको एरिया ३२५ सी अन्तर्गत पर्ने लायन्स क्लब अफ धरान हेल्पिङ हेण्डस्को अध्यक्ष पोषण श्रेष्ठ बनेका छन् ।
श्रेष्ठ वर्ष २०२१\२२ को लियो क्लब अफ दन्तकाली धरानको अध्यक्ष समेत रहिसकेका छन् । त्यसपछि उनी लायन्स क्लब अफ धरान हेल्पिङ हेण्डस्मा आबद्ध भएका हुन् । उनी पहिले देखिनै व्यक्तिगत रुपमा विभिन्न सामाजिक कार्यमा अग्रसर रहेतापनि सन् २०१९ देखि नेपालमा फैलिएको कोभीड महामारी पश्चात् भने कुनै सामाजिक संस्था मार्फत खुलेर नै सामाजिक कार्यमा अग्रसर हुने विचारले यो संस्थामा आबद्ध भएको श्रेष्ठले जानकारी दिएका छन् ।
यस संस्थाले ब्लड डोनेसन, अपाङ्ग तथा असायहरुलाई उपयोगी सामानहरू वितरण, महत्वपूर्ण क्षेत्रहरूमा सरसफाई, खाद्यान्न बितरण, आर्थिक सहयोग, महत्वपूर्ण तालिम सञ्चालन गर्दै आइरहेको छ।
किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग
धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ
धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने
धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो

प्रतिकृया दिनुहोस