किरात याक्खा छुम्मा हङकङको अध्यक्षमा टिबी याक्खा चयन
धरान(२०८०-०६-१५) - किरात याक्खा छुम्मा हङकङको अध्यक्षमा टोपबहादुर(टिबी) याक्खा चयन भएका छन् ।
छुम्मा हङकङको जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आइतबार सम्पन्न तेस्रो अधिवेशनले याक्खाको अध्यक्षतमा ११ सदस्यीय समिति चयन गरेको हो । समितिका उपाध्यक्षमा सैलेन्द्र देवान, सचिवमा विज्ञान याक्खा, सह-सचिवमा कुमारी याक्खा, कोषाध्यक्षमा खेमाहाङ जिमी र सदस्यहरुमा देव कुमार याक्खा, चन्द्र याक्खा, अमृता याक्खा, अजय याक्खा र पूर्णजित याक्खा चयन भएका छन् ।
छुम्माका सल्लाहकार किसन देवानको अध्यक्षतामा गठित निर्वाचन मण्डलले सर्वसम्मत नयाँ नेतृत्व चयन भएको जानकारी दिएको हो । समितिका सल्लाहकारहरुमा पूर्ण प्रसाद देवान, किसन देवान, सुशिल देवान, महेन्द्र विक्रम देवान, सुमन सोम्याहाङ लावती, लिला देवान राई, जित नारायण याक्खा र गंगा प्रसाद याक्खा चयन भएको बताइएको छ ।
प्रवास हङकङमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतीको जगेर्ना गर्नुका साथै एक आपसमा साह्रो गाह्रो पर्दा सहयोग लिन दिन सजिलो होस् भन्ने हेतुले सन् २०१३ मा स्थापित याक्खा छुम्मा हङकङका संस्थापक अध्यक्ष पूर्ण प्रसाद देवानले छुम्मालाई सन् २०१३ देखि २०२३ सम्म १० वर्ष नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग
धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ
धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने
धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो

प्रतिकृया दिनुहोस