डी पी विलिभर्समा एक दिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न
धरान(२०८०-०६-२७) - धरान ५, स्थित डी पी विलिभर्स स्कुलका अविभावाकहरुको लागी एक दिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य सन्जिव वान्तवा राईको अध्यक्षतामा सम्पन्न उक्त तालिम अविभावाकहरुको निम्ति अतिरिक्त सिपमुलक प्रशिक्षण साथै तालिम पछि स्वरोजगारको लागि प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
खाद्य निरीक्षक बादल चेम्जोङ्ग र खाद्य विश्लेषक बिमला तामाङले उक्त तालिममा सहजीकरण गरेका थिए । तालिममा सहभागी अविभावाकहरुलाई दुवै प्रशिक्षकहरुले छुट्टा छुटै सत्र गरि खाद्य स्वच्छता, खाद्य ऐन, नियमावली, उद्योग दर्ताको प्रारम्भिक प्रक्रिया तथा अचार सम्बन्धमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेका थिए । अविभावाकहरुले दुवै शाकाहारी र मांसाहारी अचार बनाएका थिए ।
तालिमको समापनमा अविभावाक श्रीस्ती लिम्बु र पुस्पकला लिङ्ग्देनले आ-आफ्नो अनुभव बाडेका थिए । स्कुलका सह प्राचार्य कुर्मित बान्तवा(लेप्चा)ले सहभागी अविभावाकहरुई बधाई तथा धन्यवाद ज्ञापन गरे । तालिममा २२ जना आविभावाकहरु सहभागीता रहेको थियो ।
किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग
धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ
धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने
धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो

प्रतिकृया दिनुहोस