अनेम संघ सुनसरी क्षेत्र नं १ कमिटीको अध्यक्षमा सविता चाम्लिङ राई
धरान(२०८०-०७-१५) - अखिल नेपाल महिला संघ (अनेम संघ)को सुनसरी क्षेत्र नं १ कमिटीको अध्यक्षमा सविता चाम्लिङ राई निवार्चित भएकी छिन् ।
नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको संघको सोमबार धरान-१ स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न प्रथम अधिवेशनले राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत निवार्चित गरेको हो । संघका उपाध्यक्षमा बराहक्षेत्रकी मिना कार्की र धरानकी शिला राई निवार्चित भएकी छिन् । यस्तै, सचिवमा रामधुनीकी सोमकुमारी सुनुवार, सहसचिवमा धरानकी मैया तिम्सिना र कोषाध्यक्षमा धरानकी विमला जवेगु निवार्चित भएकी छिन् ।
अधिवेशनबाट कमिटीको ६ जना पदाधिकारी र ३३ जना कार्यसमिति सदस्यहरु निवार्चित भएका छन् भने बाँकी ६ जना सदस्यहरु कार्यसमितिबाट मनोनित गर्न बाँकी रहेको संघकी नवनिवार्चित अध्यक्ष राईले जानकारी दिइन् । निवार्चित कमिटीलाई संघकी केन्द्रीय सदस्य रुक्मिणी कोइरालाले सपथ ग्रहण गराइएकी थिइन् ।
संघको उद्घाटन सत्र जिल्ला कमिटी अध्यक्ष विना खनालको अध्यक्षतामा भएको थियो भने केन्द्रीय सदस्य रुक्मिणी कोइरालाको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन सत्रलाई एमाले प्रदेश कमिटी सदस्य लहरुमाया जिमी, प्रदेश सांसद यशोदा कायस्थ, एमाले क्षेत्र नं १ कमिटी संयोजक मीनकुमार सुब्बा, एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङलगायतले पनि सम्बोधन गरेका थिए भने स्वागत मन्तव्य संघको धरान कमिटी अध्यक्ष कल्पना शेर्पा र कार्यक्रम सञ्चालन संघकी जिल्ला सचिव इन्द्रकला राईले गरेकी थिइन् ।
किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण
लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग
धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ
धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने
धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो

प्रतिकृया दिनुहोस