• ON AIR
  • UP NEXTधरान खबर

वि.पि.प्रतिष्ठानमा आन्दोलनरत पक्ष र प्रतिष्ठानबिच भएको सहमतीलाई सकारात्मक रुपमा लिदै राजनैतिक दलहरु

धरान(२०८०-०७-२०) - वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्ना मागहरु राखी आन्दोलनरत पक्ष र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सहमतीलाई राजनैतिक दलहरुले सकारात्मक रुपमा लिइएको जानकारी गराएको छ ।


आज विज्ञप्ति जारी गर्दै राजनैतिक दलहरुले सहमतीलाई सकारात्मक रुपमा लिइएको जानकारी गराएको हो । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी र नेकपा ए.समाजवादीका अध्यक्षहरुद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा प्रतिष्ठानलाई थप गतिशिल र प्रभाबकारी बनाउन स्थानिय राजनैतिक दलहरुको तर्फबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनमा लानबाट बचाउनलाई सर्बदलिय सर्वपक्षिय प्रतिनिधि मण्डल २०८० जेठमा काठमाण्डौ गई प्रतिष्ठानकै रुपमा राख्नलाई निर्णायर्थ पहलकदमी गरी यसको साख जोगाएको स्मरण गर्न चाहान्छौ, भनि उल्लेख गरिएको छ ।


साथै आन्दोलनका विचमा सेवाग्राहीहरु प्रति पुग्न गएको असुबिधाका बारेमा राजनैतिक दलहरुको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै आगामी दिनमा गरीने आन्दोलनहरुले सेवाग्राहीलाई असर नपुग्ने गरी आफ्ना आन्दोलनका कार्यक्रम गर्न समेत अनुरोध गरेका छन् ।


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुसँग आज पदाधिकारीहरुको ४ बुँदे सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग

धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ

धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने

धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो