• ON AIR
  • UP NEXTधरान खबर

२४ औँ बुढासुब्बा गोल्डकप प्रतियोगिताको आम्दानी र खर्च विवरण सार्वजनिक, १७ लाख बढी नाफा

धरान(२०८०-१२-३०) - धरान फुटबल क्लबले २४ औँ बुढासुब्बा गोल्डकप प्रतियोगिताको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोजक धरान फुटबल क्लबले प्रतियोगिताको आय ब्ययको बारेमा जानकारी दिएको हो ।


गोल्डकपलाई भुक्तानी हुन बाँकी कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रकम बाहेक प्रतियोगिताबाट १७ लाख, २८ हजार, ९ सय ८५ रुपैयाँ नाफा भएको आयोजकले बताएको छ । आयोजकले बुढासुब्बा गोल्डकपको २४ औँ संस्करण सम्पन्न भएको १ महिना भित्र हिसाब सार्वजनिक गरेको हो ।


फागुन २६ गते देखि चैत ३ गतेसम्म धरान रङ्गशालामा सञ्चालन भएको गोल्डकपलाई प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषद्को १० लाख रुपैयाँ दिने यसअघिनै निर्णय गरिसकेको थियो । भुक्तानी हुन बाँकी उक्त रकम प्राप्त भएपछि ४२ लाख रुपैयाँ भन्दा बढि क्लबलाई बचत हुने पत्रकार सम्मेलनका कोषाध्यक्ष धन बहादुर राईले बताएका छन् ।

प्रतिकृया दिनुहोस

धरानमा “सुनाखरी एकेडेमी स्कुल कप” हुने

धरान(२०८१-०७-२९) धरानमा यहि माघ २ गतेदेखि “सुनाखरी एकेडेमी स्कुल कप” हुने भएको छ । बुधबार बसेको बैठकले एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ

एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेशको विजयी सुरुवात

धरान(२०८१-०५-१६) – आजबाट सुरु भएको एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेश फुटबल संघले विजयी सुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा

धरानमा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु

धरान(२०८१-०२-१८) - धरान जुनियर जेसिसको आयोजनामा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु भएको छ । धरानका ६ वटा विद्यालयहरू, सैनिक आवासीय