• ON AIR
  • UP NEXTधरान खबर

एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेशको विजयी सुरुवात

धरान(२०८१-०५-१६) – आजबाट सुरु भएको एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेश फुटबल संघले विजयी सुरुवात गरेको छ ।


सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरू भएको उद्घाटन खेलमा कोशी प्रदेश फुटबल संघले वालिङ्ग नगरपालिकालाई ४-० गोलको अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । खेलको १० औँ मिनेटमा कोशी प्रदेश फुटबल संघको तर्फबाट सञ्जु माया तामाङ्गले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपश्चात दोस्रो हाफको ५१ औँ र ५९ औँ मिनेटमा गोल गर्दै समिक्षा मगरले कोशी प्रदेश फुटबल संघलाई जितको नजिक पुर्याएकी थिइन् । त्यसको १० मिनेट बित्न नपाउँदै खेलको ६८ औँ मिनेटमा प्रतिक्षा राईले गोल गरिन् । योसँगै कोशी प्रदेश फुटबल संघले आफ्नो पहिलो जित निकाल्न सफल भएको हो । आजको खेलको प्लेयर अफ दि म्याच कोशी प्रदेश फुटबल संघकी समिक्षा मगर घोषित भइन् । उनले नगद ५ हजार रूपैयाँको साथमा मेडल प्राप्त गरेकी छन् । खेल अवधिभरी धेरै अवसरहरू पाएको भएपनि वालिङ्ग नगरपालिकाले गोल गर्न भने सकेन ।


नेपालभरीबाट जम्मा १० टिमको सहभागिता रहेको एन्फा विमेन्स लिगमा भोलि सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युथ क्लब भिड्नेछन् । लिगको सबै खेल HamroKhelkud नामक यूट्युब च्यानल मार्फत लाइभ हेर्न सकिनेछ ।


लिगको पहिलो खेलमा जित हसिल गरिसकेपछि कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले भने, “खेलाडीहरूले हामीले सोचेको भन्दा पनि उत्कृष्ट खेल प्रदर्शन गरे र स्कोर पनि उतिकै राम्रो गर्न सकेकोले अब हामीले टप ५ सुपर लिग(Top 5 Super League) मा जाने प्रवल सम्भावना बढेको छ, त्यहि अनुसार टिमले खेल्ने आसा राखेको छु ।”

तस्विरः एन्फा
        र
        सिंंग बहादुर मादेन

 

प्रतिकृया दिनुहोस

धरानमा “सुनाखरी एकेडेमी स्कुल कप” हुने

धरान(२०८१-०७-२९) धरानमा यहि माघ २ गतेदेखि “सुनाखरी एकेडेमी स्कुल कप” हुने भएको छ । बुधबार बसेको बैठकले एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ

धरानमा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु

धरान(२०८१-०२-१८) - धरान जुनियर जेसिसको आयोजनामा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु भएको छ । धरानका ६ वटा विद्यालयहरू, सैनिक आवासीय

बैशाख २९ गतेदेखि दोस्रो अल्फा बिटा ओपन बास्केटवल प्रतियोगिता हुने

धरान(२०८१-०१-०५) - धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ