• ON AIR
  • UP NEXTधरान खबर

बैशाख २९ गतेदेखि दोस्रो अल्फा बिटा ओपन बास्केटवल प्रतियोगिता हुने

धरान(२०८१-०१-०५) - धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ ।


सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा यहि बैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार रुपैयाँ र उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्याक्तिगत विधाको पुरुष तर्फ मोस्ट भ्यालुएवल प्लेयरले नगद १० हजार रुपैयाँ र महिला तर्फ नगद ५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाणपत्र र अल्फा विटामा निशुल्क अध्ययन गर्न पाउनेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार रुपैयाँ र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।


थ्री पोइन्ट कम्पिटिसन हुने
प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन हुने भएको छ । खेलाडिहरुको हौसला बढाउन पुर्व बास्केटवल खेलाडि तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थ्री पोइन्ट कम्पिटिसन हुन लागेको हो । थ्री पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि ५ हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्लाबाट खेलाडीले सहभागिता जनाउने छ । प्रतियोगितामा  धरान २ स्थित अल्फा बिटा कोयला एजुकेशन कन्सलटेन्ट मूख्य प्रायोजकको रुपमा रहेको छ । अल्फा बिटाले स्वदेशी तथा बैदेशिक अध्ययनका लागि परार्मश गर्नुका साथै अध्ययनका लागि तयारि कक्षा सञ्चालन गर्दछ ।


सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा बिटाको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी बास्केटवल संघका उपाध्यक्ष तथा धरान १० नं. वडाका वडाध्यक्ष विवेक राई, अल्फा बिटाका प्रोपाराइटर सन्जिप वान्तावा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति रहेको थियो ।


तस्विरः विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस

धरानमा “सुनाखरी एकेडेमी स्कुल कप” हुने

धरान(२०८१-०७-२९) धरानमा यहि माघ २ गतेदेखि “सुनाखरी एकेडेमी स्कुल कप” हुने भएको छ । बुधबार बसेको बैठकले एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ

एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेशको विजयी सुरुवात

धरान(२०८१-०५-१६) – आजबाट सुरु भएको एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेश फुटबल संघले विजयी सुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा

धरानमा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु

धरान(२०८१-०२-१८) - धरान जुनियर जेसिसको आयोजनामा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु भएको छ । धरानका ६ वटा विद्यालयहरू, सैनिक आवासीय