• ON AIR
  • UP NEXTधरान खबर

डीपी बिलिभर्स स्कुलमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी चेतनामुलक सेमिनार सम्पन्न  

धरान(२०८१-०२-०४) - धरान ५, स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी एक दिने चेतनामुलक सेमिनार सम्पन्न भएको छ ।


स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षता सम्पन्न भएको उक्त सेमिनारमा कक्षा ७  देखि १० सम्मका विद्यार्थी, अभिभावक साथै शिक्षक गरि १५० जनाको सहभागिता रहेको थियो । सेमिनारमा धरान ५ को न्यू होरिजोन सेन्टरका सहजकर्ता रमेश बान्तवा, घनश्याम थापा, स्वयम्सेवकहरू सिधान्त श्रेष्ठ र साहिल मगरले सहजिकरण गरेका थिए ।


कार्यक्रममा सभाध्यक्ष तथा स्कुलका प्राचार्य संजीप बान्तवाले विद्यालयतहदेखि नै विद्यार्थीमाझ अध्ययनसँगै विविध अत्यावश्यक विषयहरूमा सचेतनामुलक कार्यक्रमहरु आयोजना गरि लागु पदार्थ एवम् मद्यपानबाट व्यक्ति, परिवार र समाजमा हुने समस्याहरुको बारेमा जानकारी दिन आवश्यक रहेको बताएका छन् । उनले सर्बप्रथम आफु सचेत भएर परिवार र समाजमा पनि सोहि ज्ञान बाडेर धेरैलाई लागू पदार्थ दुर्व्यसनीको सिकारबाट जोगाउँदै लागु पदार्थ एवम् मद्यपान मुक्त समाजको स्थापना गर्न सकिने बताए ।


उक्त कार्यक्रम दुई शत्रमा विभाजन गरि आयोजना गरिएको थियो । पहिलो शत्रमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी सूचना, रोकथाम, लक्षणहरू र दोस्रो शत्रमा अन्तरक्रिया गरिएको थियो ।  


स्कुलका सह- प्राचार्य  कुर्मित लेप्चा (बान्तवा)ले सहभागीहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् । साथमा उनले वक्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए । उक्त कार्यक्रम सञ्चलन शिक्षक हेमराज गुरुङले गरेका थिए ।

प्रतिकृया दिनुहोस

डीपी बिलिभर्स स्कुलद्वारा एक दिने मानसिक स्वास्थ्य, परामर्श र आत्महत्या रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न

धरान (२०८१-०७-०८) - धरान-५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा बुधबार एक दिने मानसिक स्वास्थ्य , परामर्श र आत्महत्या रोकथाम सम्बन्धी

डीपी बिलिभर्स स्कुलमा एक दिने सेमिनार सम्पन्न

धरान (२०८१- ०५- २५) -  धरान - ५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा सोमबार एक दिवसिय अभिभावक सेमिनार सम्पन्न भएको छ । सेमिनारमा करिब ६० जना

डीपी बिलिभर्स स्कुलमा प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि सेमिनार सम्पन्न

धरान(२०८१-०३-०२) - धरान -५ देउराली स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि जनचेतनामुलक सेमिनार