• ON AIR
  • UP NEXTधरान खबर

डीपी बिलिभर्स स्कुलमा एक दिने सेमिनार सम्पन्न

धरान (२०८१- ०५- २५) -  धरान - ५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा सोमबार एक दिवसिय अभिभावक सेमिनार सम्पन्न भएको छ ।


सेमिनारमा करिब ६० जना अभिभावकहरुको उपस्थिति रहेको थियो । सेमिनार स्कुलका प्राचार्य सन्जीप वान्तवा राईको अध्यक्षतामा भएको थियो । उनले वर्तमान बालबालिकाहरू हाम्रो समय र परिस्थितिको तुलनामा फरक समय, परिवेश, परिस्थितिमा जीईरहेकाले वर्तमान किशोर किशोरी पुस्तालाई अभिभावकत्व गर्नु ठूलो चुनौती रहेको बताए । उक्त सेमिनारको सहजीकरण अराईज एंड साइन नेपालका कार्यकारी निर्देशक योहोशु सुब्बासोङ्ग लिम्बुले  गरेका थिए ।


सेमिनारमा अराईज एंड साइन नेपाल, धरानका युवा इन्चार्ज आमेन राई लगायतको उपस्थिति रहेको थियो ।  सेमिलनर कार्यक्रमको संचालन  शिक्षक बिरेन्द्र लिंग्देंले गरेका थिए । स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा) ले अभिभावक र अराईज एंड साइन नेपालको टोलीलाई धन्यवाद ज्ञापन समेत दिए । 

प्रतिकृया दिनुहोस

डीपी बिलिभर्स स्कुलद्वारा एक दिने मानसिक स्वास्थ्य, परामर्श र आत्महत्या रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न

धरान (२०८१-०७-०८) - धरान-५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा बुधबार एक दिने मानसिक स्वास्थ्य , परामर्श र आत्महत्या रोकथाम सम्बन्धी

डीपी बिलिभर्स स्कुलमा प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि सेमिनार सम्पन्न

धरान(२०८१-०३-०२) - धरान -५ देउराली स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि जनचेतनामुलक सेमिनार

डीपी बिलिभर्स स्कुलमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी चेतनामुलक सेमिनार सम्पन्न  

धरान(२०८१-०२-०४) - धरान ५, स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी एक दिने चेतनामुलक सेमिनार सम्पन्न भएको छ