• ON AIR
  • UP NEXTधरान खबर

विराटनगर स्थित कटहरी सबस्टेसनको काम सञ्चालनमा आयो

धरान(२०७६-११-१३) - विराटनगरको पूर्वी भागमा बनेको कटहरी सबस्टेसनको काम सञ्चालनमा आएको छ । अहिले सो स्थानमा तार भूमिगत गरेर प्रसारणलाइनको काम पुरा भएको हो।

 

जयदुर्गे इन्जिनियरिङ र त्रिपुरेश्वर कन्डक्टर कम्पनीका डाईरेक्टर सागर लुँईटेलले दुहबी ग्रिड सबस्टेसनदेखि कटहरीसम्म १७.२ किमि ओभरहेड लाइन र ५.५ किमि ३३ केभी भूमिगत लाइन निर्माण गरी जम्मा २२.७ किमि लाइन नो लोडमा सञ्चालन गरिएको बताए । उक्त सबस्टेसन सञ्चालमा आएपछि कटहरी क्षेत्रको भोल्टेजको गुणस्तरमा सुधार हुने बताइएको छ ।

 

वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना विराटनगर डिभिजन प्रमुख शैलेश सापकोटाले बताए अनुसार दुहबी ग्रिड सबस्टेसनबाट कटहरी सबस्टेसन हातासम्म ३३ केभी प्रसारणलाइनको परिक्षण प्रशारण सफल भएको हो । सापकोटाले भने, ‘हामीले नो लोडमा सबस्टेसन सञ्चालन गरेका छौं, समग्र मोरङको लागि यो खुशीको कुरा हो ।’ अब कटहरी सबस्टेसन पुर्णरुपमा सञ्चालन गरी त्यहा बाट ११ केभी फिडर वितरण गर्ने कामको लागि विराटनगर बितरण केन्द्रसँग समन्वय गरी फिडरको वितरण प्रणाली सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउने उनले जानकारी दिएका छन् ।

 

अब सो क्षेत्रका घरायसी, औद्योगिक, व्यापारिक लगायतका ग्राहकले स्तरीय विद्युत सेवाको उपभोग गर्न पाउने प्राधिकरणले दावी गरेको छ । निकै लामो समयसम्म दुहबी कटहरी ३३ केभी प्रसारणलाइन विवादमा फसेको थियो । मोरङको कटहरीमा निर्माण गरिएको सबस्टेसन तयार भएतापनि गिधनिया क्षेत्रमा तार तान्न स्थानीयले अवरोध गरेपछि सञ्चालनमा आएका थिएन ।

 

प्रतिकृया दिनुहोस

धरानमा दाहुवा टेक्नोलोजीका प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

धरान(२०७८-०६-१६) - अन्तराष्ट्रिय कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवर्द्धनात्मक कार्यक्रम धरानमा सम्पन्न भएको छ

धरान-१६ का १८ वर्षिय प्रबत राना मगरले बनाए इलेक्ट्रोनिक बाईक(भिडियोसहित)

धरान(२०७७-१२-१३) - धरान-१६ निवासी १८ वर्षका प्रबत राना मगरले इलेक्ट्रोनिक बाईक निर्माण गरेका छन् । उनले उक्त इलेक्ट्रोनिक बाईकको आज प्रदर्शनी गरेका थिए

कोड आईटी धरानद्वारा आफ्नो छुट्टै एप्स सार्वजनिक

धरान(२०७६-११-१६) - कोड आईटी धरानले आफ्नो छुट्टै एप्स सार्वजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाले आफ्नो “कोड आईटी” नामक एप्स सार्वजनिक