• ON AIR
  • UP NEXTधरान खबर

धरानमा दाहुवा टेक्नोलोजीका प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

धरान(२०७८-०६-१६) - अन्तराष्ट्रिय कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवर्द्धनात्मक कार्यक्रम धरानमा सम्पन्न भएको छ ।


धरान-८ मा रहेको ध बराह सपिङ्ग कम्प्लेक्सको सभाहलमा सम्पन्न उक्त कार्यक्रम दाहुवा टेक्नोलोजीको इटहरी स्थित आधिकारिक विक्रेता हाई टेक कम्प्युटर एन्ड ईलेक्ट्रोनिक्स तथा धरान स्थित आधिकारिक विक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजनामा सम्पन्न भएको हो ।


नेपालको आधिकारिक विक्रेता टेक वर्ल्ड डिस्ट्रिव्युसनको सहयोगमा भएको उक्त कार्यक्रममा दाहुवाका सिसिटिभी लगायतका सुरक्षा निगरानी उपकरणबारे जानकारी गराइएको थियो । कार्यक्रममा हाईटेक कम्प्युटरका संस्थापक एवम् विक्री तथा प्राविधिक प्रमुख मिलन खड्काले वर्तमान समयमा दाहुवा कम्पनीका उत्पादनहरु आम मानिसहरुले प्रयोग गर्न सक्ने अवस्थामा रहेको बताएका थिए । दाहुवाका उत्पादनहरुको बजार विस्तारका लागि प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको आयोजक जिग्बी टेकका प्रवन्ध निर्देशक विजय थापा मगरले जानकारी दिए ।


जिग्बी सोलुसनका अध्यक्ष मुकेश साहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई प्रमुख अतिथि रहेका थिए ।


कार्यक्रममा टेक वर्ल्डका प्रमुख कार्यकारी अधिकृत भिसु तुलाधर, व्यवस्थापक राजकुमार घले लगायतले दाहुवाका उपकरणहरुबारे जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

धरान-१६ का १८ वर्षिय प्रबत राना मगरले बनाए इलेक्ट्रोनिक बाईक(भिडियोसहित)

धरान(२०७७-१२-१३) - धरान-१६ निवासी १८ वर्षका प्रबत राना मगरले इलेक्ट्रोनिक बाईक निर्माण गरेका छन् । उनले उक्त इलेक्ट्रोनिक बाईकको आज प्रदर्शनी गरेका थिए

कोड आईटी धरानद्वारा आफ्नो छुट्टै एप्स सार्वजनिक

धरान(२०७६-११-१६) - कोड आईटी धरानले आफ्नो छुट्टै एप्स सार्वजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाले आफ्नो “कोड आईटी” नामक एप्स सार्वजनिक

विराटनगर स्थित कटहरी सबस्टेसनको काम सञ्चालनमा आयो

धरान(२०७६-११-१३) - विराटनगरको पूर्वी भागमा बनेको कटहरी सबस्टेसनको काम सञ्चालनमा आएको छ । अहिले सो स्थानमा तार भूमिगत गरेर प्रसारणलाइनको काम पुरा भएको