• ON AIR
  • UP NEXTधरान खबर

कोड आईटी धरानद्वारा आफ्नो छुट्टै एप्स सार्वजनिक

धरान(२०७६-११-१६) - कोड आईटी धरानले आफ्नो छुट्टै एप्स सार्वजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाले आफ्नो “कोड आईटी” नामक एप्स सार्वजनिक गरेको हो ।


उक्त एप्सको निर्माण कोड आईटीमा अध्यनरत विद्यार्थीहरुले गरेका हुन् । उक्त एप्स मार्फत कोड आईटीले सटिफाई गरेको महत्वपूर्ण सटिफिकेटहरु सक्कली हो वा नक्कली हो भनेर भेरिफाइ गर्न सकिनेछ ।


अनलाइन र अफलाइन दुवै माध्यमबाट प्रयोग गर्न सकिने एप्सको अन्य फिचरहरुमा कोड आईटीमा अध्ययन हुने सम्पूर्ण कोर्षहरुको जानकारी, अध्ययन गर्न चाहेमा सिट सुरक्षित गर्न फारम, विभिन्न कार्यक्रमहरु समावेश गरीएको छ । एप्स प्रयोककर्ताहरुले उक्त जानकारी नोटिफिकेसनद्वारा प्राप्त गर्ने व्यवस्था गरिएको छ । उक्त एप्स गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।


कार्यक्रममा बोल्दै कोड आईटीका संस्थापक सजल श्रेष्ठले भने,“एप्स त सुरुवात मात्र हो, हाम्रो योजना भनेको पूर्वलाई आईटी हबका रुपमा डेभल्प गर्ने, धरान मै वर्ल्ड क्लासको ट्रेनिङ उपलब्ध गराउने साथै विश्वविद्यालयको शैदान्तिक अध्ययन र प्राक्टिकल स्किल बिचको ग्यापलाई परिपूर्ति गर्न विद्यार्थीहरुलाई आवश्यक सहजिकरण गर्ने रहेको छ ।”
 

कोड् आईटी धरानले कम्प्युटर प्रविधिको विभिन्न ट्रेनिङ, एप्स डेभलपमेन्ट, वेबसाइट डेभलपमेन्ट लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । कोड आईटी एपको डेभलपरहरु संगम शाक्य, टेलिसा राई, मुना तामाङ, निरज राई रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

धरानमा दाहुवा टेक्नोलोजीका प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

धरान(२०७८-०६-१६) - अन्तराष्ट्रिय कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवर्द्धनात्मक कार्यक्रम धरानमा सम्पन्न भएको छ

धरान-१६ का १८ वर्षिय प्रबत राना मगरले बनाए इलेक्ट्रोनिक बाईक(भिडियोसहित)

धरान(२०७७-१२-१३) - धरान-१६ निवासी १८ वर्षका प्रबत राना मगरले इलेक्ट्रोनिक बाईक निर्माण गरेका छन् । उनले उक्त इलेक्ट्रोनिक बाईकको आज प्रदर्शनी गरेका थिए

विराटनगर स्थित कटहरी सबस्टेसनको काम सञ्चालनमा आयो

धरान(२०७६-११-१३) - विराटनगरको पूर्वी भागमा बनेको कटहरी सबस्टेसनको काम सञ्चालनमा आएको छ । अहिले सो स्थानमा तार भूमिगत गरेर प्रसारणलाइनको काम पुरा भएको