• ON AIR
  • UP NEXTधरान खबर

धरान-१६ का १८ वर्षिय प्रबत राना मगरले बनाए इलेक्ट्रोनिक बाईक(भिडियोसहित)

धरान(२०७७-१२-१३) - धरान-१६ निवासी १८ वर्षका प्रबत राना मगरले इलेक्ट्रोनिक बाईक निर्माण गरेका छन् । उनले उक्त इलेक्ट्रोनिक बाईकको आज प्रदर्शनी गरेका थिए ।


धरान-१६ मा रहेको सियोन स्कुलबाट भर्खरै १० कक्षा पास गरेका उनले ३० हजार रुपैयाँको लागतमा उक्त इलेक्ट्रोनिक बाईक निर्माण गरेको बताए ।

 


विद्यालयले समेत गर्ब गर्न लायक कार्य गरेकोले उनलाई सियोन स्कुलले आज नगद सहित सम्मान गरेको छ । उनले सियोन स्कुलका सम्पुर्ण विद्यार्थीसामु उक्त इलेक्ट्रोनिक बाईकको प्रदर्शन गरेका थिए । उनि विद्यालयमा पढाइसंगै प्राविधिक कुरामा समेत चासो राख्ने विद्यार्थी भएको सियोन स्कुलका प्रधानाध्यापक सञ्जिव बान्तावाले बताएका छन् । प्रधानाध्यापक बान्तावाले प्रबतले विद्यालयमा आयोजना हुने विज्ञान प्रदर्शनीमा समेत विभिन्न सामगरी निर्माण गर्ने गरेको बताए ।


धरान-१६ घर भएतापनि प्रबतका बुवा टिका प्रसाद राना मगर र माता मन माया राना मगर इटहरीको तरहरामा रहेर कृषि पेसामा आबद्ध छन् ।

भिडियो हेर्नको लागि लिङ्क - 

प्रतिकृया दिनुहोस

धरानमा दाहुवा टेक्नोलोजीका प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

धरान(२०७८-०६-१६) - अन्तराष्ट्रिय कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवर्द्धनात्मक कार्यक्रम धरानमा सम्पन्न भएको छ

कोड आईटी धरानद्वारा आफ्नो छुट्टै एप्स सार्वजनिक

धरान(२०७६-११-१६) - कोड आईटी धरानले आफ्नो छुट्टै एप्स सार्वजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाले आफ्नो “कोड आईटी” नामक एप्स सार्वजनिक

विराटनगर स्थित कटहरी सबस्टेसनको काम सञ्चालनमा आयो

धरान(२०७६-११-१३) - विराटनगरको पूर्वी भागमा बनेको कटहरी सबस्टेसनको काम सञ्चालनमा आएको छ । अहिले सो स्थानमा तार भूमिगत गरेर प्रसारणलाइनको काम पुरा भएको