• ON AIR
  • UP NEXTधरान खबर

इभेन्टमा चाहिने सम्पुर्ण साउण्ड सर्भिसको समाधान सुन्दर साउण्ड सर्भिसमाः सञ्चालक श्रेष्ठ

धरानमा रहेको सुन्दर साउण्ड सर्भिसका सञ्चालक सुन्दर श्रेष्ठसंग रेडियो धरान विशेष कार्यक्रममा गरीएको कुराकानी
१. सुन्दर साउण्ड सर्भिसको परीचय कसरी दिनुहुन्छ ?
- सुन्दर साउण्ड सर्भिसको परीचय दिनुपर्दा पुर्वाञ्चल भरीमा साउण्ड सिस्टम, स्टेज अथवा कुनैपनि इभेन्ट गर्नलाई चाहिने उपकरण साथमा प्राविधिक उपकरणहरूको समाधान गर्ने संस्था हो । सुन्दर साउण्ड सर्धिसलाई सम्झेपछि कुनैपनि इभेन्टमा चाहिने सम्पुर्ण समस्याको समाधान हुनेछ । तसर्थ सुन्दर साउण्ड सर्भिस पुर्वाञ्चल भरीकै साउण्ड सर्भिसका लागि पर्यायवाचि शब्द हो ।


२.सुन्दर साउण्ड सर्भिसको सुरूवात गर्ने सोच कसरी बनाउनुभयो ?
- म सानैदेखि साङ्गीतिक क्षेत्रमा लगाब भएको मान्छे हु । हाम्रो टोलमा तिहारमा देउसि खेल्ने प्रचलन थियो । देउसि खेल्ने क्रममा म गित गाउन, नाच्न र गितहरू बजाउन मन पराउथे । त्यस क्रममा हाम्रो छुट्टै देउसि ग्रुप थियो ।  त्यो देउसि ग्रुपमा हामीले लगभग धरानमा नै पहिलो पटक साउण्ड सर्भिसको साथमा देउसि खेलेका थियाैँ । तर त्यो बेला हामीले देउसि एकदमै बिजोगका साथ खेलेका थियाैँ । एउटा सानो पुरानो थोत्रे एम्प्लिफायर ठेला गाडिमा राखेर ठेल्दैठेल्दै जान्थ्याैँ । अनि प्रत्येक घरमा देउसि खेल्दा २/४ वटा तार चुडिएको हुन्थ्यो । त्यो तार जोड्ने बनाउने गर्दा अलिकति अनुभवि पनि बनायो । अनि साउण्ड सर्भिसप्रति मेरो लगाब बढ्दै गयो । पछि त्यसलाई नै निरन्तरता दिए ।


३. सुन्दर साउण्ड सर्भिसको सुरूवात गर्दा बजारको अवस्था कस्तो थियो ?
- त्यति खेर बजार नभएको हैन बजार राम्रै थियो । त्यति बेला धरानमा जतिपनि राष्ट्रिय स्तरको कार्यक्रमहरू हुन्थ्यो काठमाण्डाैँबाट सामग्रीहरू ल्याउनुपर्ने थियो । साथमा कार्यक्रम गर्न काठमाण्डाैँबाट नै सामाग्री लिएर आउनुपर्थ्यो । त्यतिबेला यहाँको आयोजकहरूलाई कार्यक्रम गर्न धेरै नै गाह्रो हुन्थ्यो । काठमाण्डाैँबाट सामग्रीहरू ल्याउनु र लानुपर्दा यातायातको खर्च निकै लाग्ने गरेको थियो । यस्ता कुराले गर्दा मलाई हामी पुर्वाञ्चल मै त्यस्तो सुविधा दिन सक्छै कि सक्दैनै होला? यदि यहाँ नै सेवा दिन सकेमा यहाँको आयोजकहरूलाई धेरै नै सहज हुने हुन्थ्यो, थोरै खर्चमा कार्यक्रम सम्पन्न भएमा धेरै कार्यक्रमहरूको आयोजना हुने थियो भन्ने कुराहरू सोचे त्यसैले सर्भिस खोले ।


४. सुन्दर साउण्ड सर्भिस खोल्नु अघि कसरी कार्य गरीरहनुभएको थियो ?
- वि.सं.२०४६ सालभन्दा अघि मैले एसएलसि दिइसकेपछि घरको आर्थिक अवस्थाले गर्दा पनि केहि गरै भन्ने भइसकेको थियो । सुरूसुरूमा त किसानको छोरो भएकोले खेति किसानीमा काम गरीयो । समग्रमा भन्ने हो भने हलो जोतियो भनाै । त्यसपछि एउटा अवसर प्राप्त भयो । मेरो काका हुनुहुन्थ्यो श्याम श्रेष्ठ उहाले चन्द्रगढीमा इलेक्ट्रिसियनको जागिर खुलेको छ । श्रम मन्त्रालय अन्तरगत सिक्न जान्छस भन्नुभयो । मैले पनि जान्छु भने उहाले मलाइ त्यहाँ लिएर जानुभयो । उहाले नै बाटो देखाउने काम गर्नुभयो । म त्यहाँ लगभग ६ महिना बसेर ट्रेनिङ गरे । त्यहाँबाट नै मेरो एउटा व्यापारको सिलसिला सुरु भएको हो । किनभने त्यहाँ हामीलाई खाजा भत्ता भनेर नेपाल सरकारले २ सय रूपैयाँ दिन्थ्यो । त्यो कुरा वि.सं.२०४२/४३ तिरको हो । त्यो २ सय रूपैयाँ  मैले जोगाएर त्यहाँको नजिकको बजार सिलगढी गएर सामान किनेर धरान आउदा लिएर आउने अनि बेच्ने अनि फेरी जाने क्रम रह्यो । त्यसरी त्यो ट्रेनिङ सकेर आउने बित्तिकै सुन्दर साउण्ड सर्भिसको सुरूवात गरे ।


५. अहिले सुन्दर साउण्ड सर्भिसमा कति मुल्य बराबरका सामानहरू रहेका छन् ?
- शुन्यबाट सुरू गरेको काम आजको समयमा आयपुग्दा लगभग प्राविधिक सामग्रीहरू मात्रै मूल्याङ्कन गर्ने हो भने हामीसंग २ करोडको सामग्रीहरू छन् ।


६. हाल कतिजनालाई रोजगारी प्रदान गरीरहनुभएको छ ?
- अहिले प्रत्यक्ष रोजगारी लगभग १५ जनालाई दिएको छु । त्यसमा उहाहरूको परीवारको समेत गर्दाखेरी ७० देखि ७५ जनालाई नै हाम्रो संस्थाले बाच्ने आधार बनाइदिएको छ ।


७. कुनैसमय रेकर्डिङ स्टुडियो पनि खोल्नुभएको थियो निरन्तरता दिनुभएन किन होला ?
- त्यतिबेला लहैलहैमा लागेर एउटा रेकर्डिङ स्टुडियो खोलियो रहर पनि थियो । त्यतिबेला हाम्रो स्टुडियोमा पहिलोपटक रेकर्ड गरी पहिलो एल्बम राष्ट्रिय गायिका रमना श्रेष्ठले निकाल्नुभएको थियो । उहाँ छिन्नलता पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ । उहाँले ज्ञानमाला भजन भाग-१ भनेर एल्बम निकाल्नुभएको थियो । त्यसैगरी गायक महेश बुढाथोकिले समेत त्यहि स्टुडियोबाट पहिलो एलबम  निकाल्नुभएको थियो । हामीले त्यतिबेला दुःख, सुःख चलायाैँ । तर त्यतिबेला धरानमा पर्याप्त बाध्यबादकहरू नभेटिने, बाध्यबादकहरू अलिकति जान्ने भएपछि काठमाण्डाैँ तिर पलायन भइदिने भएकोले धरानमा बाध्यबादकहरूको खाचो पर्यो । प्राविधिक पनि त्यतिबेला नपाइने, जता पनि आफै कुद्नुपर्ने भएकोले समयले भ्याउन सकिन त्यसैले गर्दा चाहना हुदाहुदैपनि त्यो व्यावसायलाई माया मार्नु पर्यो ।


८. अहिलेसम्म आइपुग्दा कस्ताकस्ता अप्ठ्याराहरू झेल्नुभयो ?
- जीवनमा अप्ठ्याराहरू त धेरै नै आयो । तर त्यो अप्ठ्याराहरूलाई पार गर्दै यहाँसम्म आइपुगियो । धेरैवठा अप्ठ्याराहरू छन्, कतिवटा भन्ने र ? यति भन्न चाहन्छु सबैलाई कुनैपनि व्यावसाय गर्दा धेरै नै अप्ठ्याराहरू आउँछन् । त्यसलाई झेल्न सक्नुपर्छ र निरन्तरता दिन सक्नुपर्छ । निरन्तरता दिइयो भने कुनैपनि व्यावसायमा पछि पर्नु पर्दैन  कुनै न कुनै दिन हामी अगाडी  बढ्न सक्छाैँ र माथि आउन सक्छाैँ ।


९. तपाइलाई विदेश जाने सोच पलाएन ?
- मलाई विदेश जाने रहर नभएको त हैन जतिबेला मसंग कुनैसिप थिएन त्यतिबेला मलाई विदेश जाने रहर लागेको थियो । लगभग  वि.सं.२०४२ सालतिरको कुरा हो । म १८ वर्षको थिए । त्यतिबेला कोरीया जाने लहर नै चलेको थियो । त्यतिबेला मैले पास्पोर्ट पनि बनाए । त्यतिबेला कोरीया जानको लागि ८० हजार रूपैयाँ झिक्नुपर्थ्यो । त्यो बेलाको ८० हजार भनेको अहिलेको ८० लाख झिक्नु बराबर थियो । त्यसैले ८० हजार झिक्नु सम्भब नै थिएन । घर खेत राखेर जानुपर्ने स्थिति थियो । घर खेत राख्दा पनि त्यतिबेला अबैधानिक रूपले जानुपर्ने भएकोले एयरपोर्टबाट नै फर्काइदिन पनि सक्दथे । त्यसैले मैले त्यो जोखिम लिन सकिन र विदेश जाने मेरो रहर मारेर यहाँ नै व्यावसाय सुरू गरे । व्यावसाय सुरू गरीसकेपछि मलाई कहिले विदेश जाने रहर लागेन ।


१०. अहिलसम्म कतिवटा देशको भ्रमण गरीसक्नुभयो ?
-विदेश भ्रमण त मैले धेरै गरेको छैन । भन्नैपर्दा ४ वटा देश चाहि मैले घुमेको छु । त्यसमा भारत त नजिकै भइहाल्यो । भारत व्यापारकै सिलसिलामा गएको थिए । अजरबैजान भन्ने देश पनि गए । हङकङ २ पटक गए । एकपटक चिन गए । चिन पनि व्यापारकै सिलसिलामा गएको हो । हामीले विभिन्न किसिमका इलेक्ट्रोनिक प्रोडक्टहरू पनि बेच्ने भएकोले त्यहि प्रोडक्टमध्येको एउटा टेलिभिजनको कम्पनिले हामीलाई रिफ्रेसमेनटको लागि अजरबैजान लगेको थियो र हङकङ चाहि पारीवारिक भ्रमणको लागि गएको हो ।


११. बिगतका रमाइला पलहरू कसरी सम्झनुहुन्छ ?
-रमाइला पलहरू त थुप्रै छन् । निकै वर्ष अघिको कुरा हो । लगभग १५/२० वर्ष भयो होला, धनकुटामा हामि धरानको साँस्कृतिक टोलि कार्यक्रम देखाउन गएका थियाैँ । त्योबेला धनकुटामा कार्यक्रम देखाउन त गयाैँ तर कार्यक्रम हलमा मान्छे १ जना थिएन । त्यो दिन कार्यक्रम नै रद्द भयो । म त प्राविधिक भएर गएको मान्छे तर भोलिपल्ट प्राविधिक, कलाकार सबै घरघरमा गएर अनुरोध गर्दै टिकट बेच्याैँ । अनि त्यहाँबाट बेलुकी हलमा गएर म प्राविधिक भएर बस्नुपर्यो अरू कलाकारहरू कला देखाउनपट्टी लागे  । तर त्यतिबेला पनि कार्यक्रमको उद्घोषक नभएकोले आफै कुदेर आफै उद्घोषण गर्नुपर्ने अनि डैडेर आएर फेरी प्राविधिक भएर बस्नुपर्ने थियो । त्यतिबेलाको त्यो पल सम्झेर रमाइलो लाग्छ । यस्ता रमाइला क्षणहरू त थुप्रै छन् । त्यसको यो एउटा सान ट्रक्रा हो ।


१२. तपाइले भविष्यमा के बन्छु भन्ने सोच्नुभएको थियो ?
- त्यो बेला म यस्तो बन्छु भन्ने मेरो दिमागमा पनि थिएन । त्यतिबेलाको अवस्थामा धरानमा जग्गा किनेर अथवा इटाको बिल्डिङ घर बनाएर बस्नु भनेको त लाहुरे बाहेक कसैले गर्नसक्दैन जस्तो लाग्थ्यो । आफु लाहुर  पनि जान सकिएन । हाम्रो स्थिति त यस्तै सामान्य नै रहन्छ जस्तो लाग्थ्यो । तर समय र परीस्थितिमा जुझ्दै जादा काममा निरन्तरता दिदै जादा म यो ठाउँमा छु । इटाको बिल्डिङ घर बनाउन लाहुर नै जानुपर्ने रहनेछ भन्ने आज महसुस भएको छ ।


१३. सुन्दर साउण्ड सर्भिसले के कस्तो सेवा तथा सुविधाहरू प्रदान गरीरहनुभएको छ ?
- सुन्दर साउण्ड सर्भिसले साउण्डको क्षेत्रमा हालसालै अत्याधुनिक र विश्वमै गनिएको ब्राण्ड डिबी टेक्नोलोजीको स्पिकरहरू ल्याएर लञ्च गरेको छ । लकडाउनले गर्दा कार्यक्रम गर्न  पाएका छैनाैँ । त्यो स्पिकर धरानमा भएको द भोइस अफ नेपालको कार्यक्रममा लञ्च गरेका थियाैँ । साउण्ड सर्भिसमा हामीसंग धेरैप्रकारका सामानहरू छन् । ग्राहकको चाहना अनुसार, ग्राहकको क्रयशक्तिको आधारमा हामी सामान उपलब्ध गराउछाैँ । थोरैभन्दा थोरैदेखि लिएर महङ्गो ब्राण्डेड सामग्रीहरू समेत रहेको छ । अर्कोतर्फ ग्राहकहरूले बुझ्दाखेरी साउण्ड सर्भिस भनेपछि साउण्ड मात्रै होला भन्ने लाग्न सक्छ । तर अहिले हामी एउटा इभेन्टमा चाहिने सम्पुर्ण समाधान दिन्छाैँ ।  त्यसमा स्टेज, जेनेरेटर, अत्याधुनिक लाइटिङ सिस्टम, एलइडि स्कृन सिस्टम पनि उपलब्ध गराइरहेका छाैँ । त्यसले गर्दा एउटा इभेन्टमा चाहिने सम्पुर्ण समाधान हामी दिन सक्छाैँ । कुनैपनि इभेनट गर्दै हुनुहुन्छ भने सुन्दर साउण्ड सर्भिसले त्यो इभेन्टलाई सफल बनाउन साथ दिनेछ ।


१५. सुन्दर साउण्ड सर्भिसले नेपालको कुन कुन स्थानमा सेवा प्रदान गर्न सक्नुहुन्छ ?
- पुर्वाञ्चलको लगभग सबै ठाउँमा पुगेर काम गरीसकेका छाैँ । ठुलाठुला इभेन्टहरू जहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कलाकारहरू आउनुहुन्छ उहाहरूलाई ब्राण्डेड सामानहरू चाहिन्छ । त्यस्तो भएको अवस्थामा हामी टाढाटाढा पनि जान्छाैँ । सानो सानो कार्यक्रममा टाढा जादा खर्चिलो हुने जानु आउनु गर्दा ग्राहकहरूलाई आयोजकहरूलाई पनि गाह्रो हुन्छ । त्यसले गर्दा ग्राहकको चाहना हुदाहुदै पनि हामीलाई जान सक्नुहुन्न तर हामी पुर्वाञ्चलका सबै ठाउँदेखि लिएर पश्चिमको बुटवल, भैरहवासम्म गएर कार्यक्रम गरेका छाैँ । पुर्वाञ्चलका सबै ठाउँमा पुगेका छाैँ । धरान त आफ्नै घर भइहाल्यो ।


१६. सुन्दर साउण्ड सर्भिसले न्युनतम कतिदेखि अधिकतम कतिसम्म शुल्कमा काम गरीरहेको छ ?
- शुल्कमा न्युनतम भन्दा ५ सय रूपैयाँदेखि लिएर इभेन्टमा कति  सामान चाहिन्छ त्यो हेरेर २/३ लाखसम्मको शुल्क लिन सक्छै ।


१७.सुन्दर साउण्ड सर्भिसको सेवा लिनुपरेमा कसरी सम्पर्क गर्न सकिनेछ ?
- साउण्ड सर्भिसको सेवा लिनको लागि सुन्दर साउण्ड सर्भिस नाम गरेको हाम्रो फेसबुक पेज पनि छ त्यहाँ गएर हामीले गरेका कामको विवरण साथमा हाम्रा सेवाहरूको पनि जानकारी लिन सक्नुहुन्छ । साथमा हाम्रो सम्पर्क नम्बर पनि रहेको छ, ०२५-५२३०९२, ०२५-५३१३४५ र ९८५२०४५१८१ यो नम्बरमा सम्पर्क गर्नुभएमा अवश्य पनि सुन्दर साउण्ड सर्भिससंग भेट हुनेछ । हामी हजुरहरूको सेवा गर्नलाई हरदम तयार छाैँ ।


१८.अहिले बजारमा थुप्रै साउण्ड सर्भिसहरू रहेका छन् तर सुन्दर साउण्ड सर्भिसलाई नै रोज्नुपर्ने कारण के होला ?
- सबैभन्दा ठुलो कुरा गुड विल हो । हामीले जसरी साउण्ड सर्भिसमा निरन्तरता दिएका छाैँ । सम्पुर्ण ग्राहक महानुभावहरूलाई सुन्दर साउण्ड सर्भिस लगेर चलाइसकेपछि कुनैपनि समस्या हुदैन हामी यसमा विश्वस्त छाैँ भन्ने खालका भरोसा दिलाउन सकेका छाैँ अहिलेसम्म त्यो भरोसाले गर्दा नै सुन्दर साउण्ड सर्भिसलाई सम्झनुहुन्छ र आगामी दिनमा पनि सम्झन सक्नुहुन्छ ।  


१९.अन्त्यमा के भन्न चाहनुहुन्छ ?
- व्यावसायिक क्षेत्रमा लाग्दै रहनु भएको र डगमगाइरहनु भएको छ भने कुनै पनि विरूवा रोप्ने वित्तिकै फल्दैन त्यसलाई फल्न केहि समय पर्खनुपर्छ त्यसैगरी व्यावसायमा पनि केहि समय दिएर निरन्तरता दिनुहोस त्यो व्यावसाय पक्कै पनि सफल हुनेछ र व्यावसाय सफल भएपछि तपाइ पनि सफल हुनुहुनेछ । तर धरमर गर्नुभयो भने न यता न उता भइन्छ भन्न चाहन्छु । हाम्रा जतिपनि ग्राहक तथा शुभचिन्तकहरू हुनुहुन्छ उहाहरूलाई सुन्दर साउण्ड सर्भिसलाईआजसम्म तपाइहरूले जुन सेवा गर्ने सुअवसर प्रदान गरीरहनुभएको छ यो निरन्तरता रहोस र हामीले पनि निरन्तर सेवा गर्ने अवसर प्राप्त गरिरहु भन्न चाहन्छु ।

 

" scrolling="no" src="">

 

 

प्रतिकृया दिनुहोस

धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?

धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७

अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम

संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै

क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि