• ON AIR
  • UP NEXTधरान खबर

अक्युपञ्चरले शरीरको जीवनशक्ति सन्तुलित गराइ रोग निको पार्दछ: डा.भवानी भट्टराई

दुई दशक भन्दा अघि धरानमा एक्युपञ्चर उपचार विधि भित्र्याउनुभएका डा.भवानी भट्टराईले हजारौँ नयाँ तथा पुराना रोगीहरुलाई निको पारिसक्नुभएको छ । खाद्य प्रविधिमा डिप्लोमा, जनस्वास्थ्यमा स्नातक, एक्युपञ्चरमा स्नातक सक्नुभएका एक कुसल एक्युपञ्चर चिकित्सक, अहिले पुनर्जीवन होमियोप्याथिक क्लिनिक प्रा.लि.मा एक्युपञ्चर बिभाग हेर्नुहुदैछ । उहाँसंगको छोटो कुराकानि:–


१. एक्युपञ्चर उपचार पद्धति भन्नाले कस्तो उपचार विधि हो ?
- एक्युपञ्चर उपचार पद्धति भन्नाले हाम्रो शरीरमा भएका विभिन्न बिन्दुमा विभिन्न धातुको निर्मलीकृत सियोद्वारा घोचेर गरिने विशेष उपचार विधि हो । यो विधिबाट उपचार गराउँदा शरिरमा कुनै नकारात्मक असर गर्दैन । हाम्रो शरीर स्वास्थ्य रहनको लागि हाम्रो शरीरमा निरन्तर सन्तुलित रुपमा एक प्रकारको शक्ति बगिरहेको हुन्छ । कुनै कारणबस हाम्रो शरिरको जिबनसक्ति शञ्चालनमा असन्तुलन भएमा हामिलाई रोग लाग्छ । अक्युपञ्चरले शरीरको जीवनशक्ति सन्तुलित गराइ रोग निको पार्दछ।


२. यो उपचार पद्धतिको उत्पतीको बारेमा कस्ता तथ्य छन् ?
- यो विधि एक प्राचीन चाइनिज परम्परागत उपचार विधि हो, हजारौँ बर्ष पहिले ढुङ्गाको, बासको सियो बनाइ घोचेर विभिन्न रोगहरुको उपचार गर्ने गर्दथे । दुखाईबाट राहत दिलाउन वा चिकित्सा प्रयोजनका लागि यो पद्धती अपनाईन्छ । साथै एक्युपञ्चर भनेको हाम्रो शरीरका भित्री अङ्गहरुको ब्यायाम भएको हुँदा निरोगी ब्यक्तिले पनि कहिले कहि यो विधि अपनाउन सकिन्छ ।


३. कस्ता कस्ता बिरामिहरुले अक्युपञ्चर उपचारबाट फाइदा लिन सक्दछन ?
- एक्युपञ्चर विधिद्वारा सबै किसिमका बिरामिहरुको उपचार सम्भब छ । जस्तै, दुखाइ कम गर्ने, बाथ, जिउ हात  खुट्टाको दुखाइ, ढाड-कम्मर दुख्ने, कुर्कुच्चा दुख्ने, गर्दन दुख्ने, टाउको दुखाइ , नशा च्यापिएको इत्यादी । प्रतिरोधात्मक क्षमता बढाउने हुदा टन्सिल, विभिन्न किसिमका एलर्जी, पिनास, दम, जस्ता रोगहरुको उपचारको साथमा दिमागलाई आराम दिलाउने हुदा विभिन्न किसिमका मानसिक समस्या कुनै किसिमका कुलत छुटाउन, निन्द्रा नलाग्ने समस्या, डर लाग्ने, मुटु ढुकढुक हुने, निन्द्रामा पिसाब गर्ने आदि समस्याको लागि लाभदायक हुन्छ । हर्मोन तथा शरिरको तरल पदार्थको सन्तुलन गराउने हुदा ग्याष्ट्रिक, थाइराइड, ब्लड प्रेसर, सुगर, युरिक एसिड जस्ता रोगहरुको लागि पनि लाभदायक छ । स्नायु प्रणाली सक्रिय बनाइ विभिन्न अङ्गहरुको प्यारालाइसिस, जिउ/हातखुट्टा पोल्ने, झम्झमाउने, नचल्ने जस्ता समस्या, माइग्रेन आदि रोगलाइ पनि निको पार्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार ५ सयभन्दा बढी रोगहरुको उपचारमा एक्युपञ्चर उपचार प्रविधि प्रभावकारी छ ।


४. पुनर्जीवन होमियोप्याथिक क्लिनिकको विशेषता के छ ?
- होमियोप्याथिक र एक्युपञ्चर जोडेर एकैचोटी उपचार गर्दा राम्रो प्रभाव पार्नेछ र उपचार प्रभावकारी बन्नेछ । फरक–फरक पद्धतिहरुमा चल्ने एक्युपञ्चर उपचार सेवा वास्तवमा उपचारको राम्रो पद्धति हो । यो विरामीहरुको लागि एकदमै प्रभावकारी बन्नेछ । होमियोप्याथिक औषधि एक्यपञ्चर विन्दुहरुमा लाउने विधिको विकाश गर्ने यस क्लिनिकको विशेषता हो । यो पद्धती अन्य क्लिनिकहरुमा छैन । यसलाई पहिलोपटक यस क्लिनिकमा सञ्चालनमा ल्याएका छौँ ।


५. क्लिनिकमा कतिजना प्राबिधिक रहनुभएको छ ?
- जम्मा ५ जना प्राविधिकहरुबाट चेकजाँच गरिन्छ । प्रत्येक महिनाको १ गते  भक्तपुर होमियोप्याथिक मेडिकल कलेजका सह–प्राध्यापक डा.रोज प्रजापतिद्वारा  चेकजाँच गरिन्छ भने अरु दिन डा.योगेन्द्र राई लगायतको टिमबाट चेकजाँच गरीछ ।


६. पुनर्जीवन होमियोप्याथिक क्लिनिकको उद्देश्य कस्तो रहेको छ ?
- सस्तो तथा सुलभ तरिकाले स्तरिय स्वास्थ्य सेवा दिनु नै यस क्लिनिकको मुख्य उद्देश्य रहेको छ । गरिब असहाय तथा जेष्ठ नागरिकहरुलाई विशेष छुटको व्यावस्था गरेका छौँ । साथै साइड इफेक्ट रहित एक्युपञ्चर तथा होमियोप्याथिक उपचार पद्धतिको बारेमा व्यापक जनचेतना जगाउनु हो ।


७. पुनर्जीवन होमियोप्याथिक क्लिनिकमा के कस्ता सुविधा पाउन सकिन्छ ?
- बरामी चेकजाँच, प्याथोलोजी सेवा, होमियोप्याथिक औषधी, एक्युपञ्चर उपचार, कपिङ थेरापी, बि.सि.एम थेरापीको सुविधा रहेको छ ।


८. हालसम्म बिरामीहरु कत्तिको सन्तुष्ट छन ?
- पुराना –पुराना, कहि कतै निको नभएका बिरामीहरु पनि यहाँको उपचार पाएर सन्तुष्ट छन् । डेढ वर्षको अवधिमा क्लिनिकमा चाप हेर्ने हो भने लोभ लाग्दो नै छ । धेरैले यो पद्धतिलाई मन पराईदिनुभएको छ । यो उपचारबाट धेरै विरामी सुधार भएर गएका छन् । यो अवधिमा राम्रो नतिजा पाएका छौँ ।

 

 

प्रतिकृया दिनुहोस

धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?

धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७

अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम

संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै

क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि