ज्वाई बन्न नपाएकोले ज्वाई खाना संचालनमा ल्याएकोः संचालक हरी श्रेष्ठ
धरान १० मा रहेको छ ज्वाई खाना । ज्वाई खानाका संचालक हुन हरी श्रेष्ठ र चण्डी साँवा । विवाहित साँवा दुबईमा कार्यरत छन भने ज्वाई खानामा श्रेष्ठ प्रत्यक्ष रूपमा आबद्ध छन । श्रेष्ठ आफै अविवाहित रहेकाले गर्दा ज्वाईको सत्कार कस्तो हुन्छ भन्ने जानकार छैनन, तर उनले आफ्नो रेस्टुरेन्टमा ज्वाई सत्कारको अनुभत गराउन लागी परेका छन । उनै संचालक श्रेष्ठसंग रेडियो धरानले गरेको कुराकानीः
१. ज्वाई खाना सुरू भएको १ महिना नबित्दै लकडाउन भयो । लकडाउनमा कस्तो कठिनाई भोग्नुभयो ?
करिब ३५ लाखमा ज्वाई खाना सुरू गरेका थियाै । सुरू भए लगत्तै लकडाउन भएपछी बैंकको लोन, घरभाडा लगायत ब्रान्डिङमा समेत अफ्ठ्यारो परेको छ । सर्सती भन्नुपर्दा आर्थिक भार बढेको बढेकै छ, कर्मचारीलाई समेत रोजगारीबाट विदा दिनु परेको छ । व्यवसाय ठप्प भएपनि ज्वाई खानाको भाैतिक संरचनाको आयु भने दिनानुदिन घट्दो छ । यसरी हेर्दा धरानको अर्थतन्त्रमा हामी जस्तै महत्वपूर्ण हिस्सा ओगटेको होटल व्यवसायीहरू मारमा परेका छन, ज्वाई खाना समेत मारमा परेको छ ।
२. कति प्रतिशतले ज्वाई खानाको बजार घटेको छ ?
साउन पछी लकडाउन खुलेको बेला करीब १ महिना संचालनमा आउँदा ६० प्रतिशतले व्यापार घटेको थियो । लकडाउनको बेला व्यवसाय ठप्प भएकाले त्यसबेला त आफ्नै गोजीबाट खर्च गर्नु परेको थियो ।
३. ज्वाई खानाको कन्सेप्ट कसरी आयो ?
ज्वाई बन्न नपाएको तनावले ................... हा हा हा त्यसपछीको लामो हाँसो ।
मैले दुई वर्ष अगाडी धरानमा डिमान्डु मः मः हाउस संचालन गरेको थिए । त्यस बेला खाना खानका लागी धरानको विभिन्न भान्साघरमा जाने गरेको थिए । तर आफुले खोजेको जस्तो स्वाद र सेवा नपाएपछी आफै नै खाना खाने भान्साघर संचालन गर्ने सोच आयो । त्यसमा मेरो अर्को संचालक चण्डी साँवासंग सल्लाह भयो, मन मिल्यो र ज्वाई खानाको कन्सेप्ट आयो । हामीले २०७६ सालको फागुन १४ गते, मेरो जन्मदिनको अवसर पारेर ज्वाई खाना संचालनमा ल्यायाै ।
नेपाली समाजमा ज्वाईलाई सबैभन्दा धेरै सत्कार हुने भएकाले ज्वाई खाना नै किन नबनाउने भनेर नाम जुरायाै । नाम अनुसार मित ज्वाई, भान्जी ज्वाई, बहिनी ज्वाई, छोरी ज्वाई र ज्वाई राजा खानाको मेनु तयार भयो । यस्तै, ज्वाई साहेब र ज्वाई नारायण खाजा सेटको समेत विकास गर्याै । ज्वाई खानाको संरचना तथा मेनु तयार गर्न करिब ५ महिनाको समयमा बल्ल ज्वाई खानालाई मुर्त रूपमा ढाल्न सक्याै ।
४. ज्वाई खानाको विशेषता के रहेको छ ?
ज्वाँई नबनेकाहरू ससुरालीमा कस्तो सत्कार हुन्छ भन्ने यहाँ आएर थाहा पाउन सकिन्छ । यहाँ पाइने परीकारमा परम्परागत स्वादका लागी प्याकेटका मसलाहरु प्रयोग गर्दैनाै । शहरी जिवनशैलीमा बिर्सदै गएको नेपाली परम्परागत खाना सिस्नु र ढिँडो, कोदो तथा फापरको रोटी, आलु तामा लगायत अर्गानिक परिकारहरू पाइन्छ । करूवामा पानी, वेटर कलका लागी परम्परागत घण्टीको व्यवस्था लगायतको नयाँ कन्सेप्ट समेत प्रयोगमा ल्याएका छाै ।
यहाँ बस्नका लागी लाउन्ज, पँलेटी तथा बाँसबाट बनेको कुर्सी गरी तिन प्रकारको सेक्सन रहेको छ । लकडाउन अघि डिमान्डु मः मः र ज्वाई खानामा १६ जना कर्मचारी कार्यरत थिए । हाल लकडाउन पश्चात केही कर्मचारी कटाैती भई ११ जना काममा फर्केका छन र उनिहरूबाट पूर्ण रूपमा उत्कृष्ट सेवा दिइने प्रतिबद्धता गर्दछाै ।
५. लकडाउन कसरी बित्यो ?
लकडाउनले आर्थिक रूपमा समस्या भएपनि आगामी दिनहरूको लागी योजना बनाउन फुर्सदिलो समय मिलेको छ । म ब्लड फर नेपाल धरान टिमको सदस्य समेत रहेकोले गर्दा लकडाउनको बेला भएको रगत अभावमा समेत रत्तदाताको व्यवस्थापनमा समय दिएको थिए । यस्तै, अगाडी देखि पढ्नलाई समय नमिलेको केही पुस्तहरू समेत पढ्ने समय मिलेको छ ।
६. कोरोना संक्रमणको चुनाैती यथावत नै छ, यसका बिच समेत रेस्टुरेन्टहरूले टेकअवेको सेवा दिन सकिने प्रशासनले स्विकृती दिएको छ ? ज्वाई खाना कहिलेबाट सुरू हुनेछ ?
मः मः लगायत ज्वाई खानाको होम डिलिभरी तथा टेकअवे सेवा यहि भदाै २० गतेदेखि संचालनमा ल्याउने तयारी गरेका छाै । डिलिभरी सर्भिसको लागी हाम्रो आफ्नै राइडर पनि रहेको छ, त्यस्तै भोक लाग्योबाट समेत अर्डर गर्न सकिनेछ । साथमा ग्राहकहरूले फोन तथा हाम्रो फेसबुक पेज d–mandu cuisine बाट सिधै अर्डर समेत गर्न सकिनेछ ।
७. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मेरो सोचाईमा अब सरकारले लकडाउनको विकल्प खोज्न जरूरी देखिन्छ । धरानको हकमा कोरोना नियन्त्रणको लागि १ महिना सम्म पुर्ण लकडाउन भएको छ, साथमा धरानको मुख्य नाकाहरुमा आवातजावतलाई पुर्ण रुपमा कडिकडाउ गरीएको छ । यस्तै, सम्भावित जोखिम युक्त क्षेत्रको पहिचान गरी पिसिआर परिक्षण गर्ने काम पनि भएको छ ।
यसमा हामी धराने जनताले पनि पुर्ण समर्थन गरेका छाै । तर अब नाकामा हुने गतिविधिलाई यथावत राखी आवश्यक स्वास्थ मापदण्ड पूरा गरेर धराने जनताको दैनिक क्रियाकलापलाई सुचारु गर्न अनुमती दिने र नियमित अनुगमन गर्नुपर्ने देखिन्छ । कुनै व्यक्ति वा व्यवसायीले मापदण्ड पूरा नगरी दैनिक क्रियाकलाप गरेको पाइएमा त्यस्तो व्यक्ती वा व्यवसायलाई हदै सम्मको कारबाही गर्नुपर्ने हुन्छ ।
यदि नाकामा दैनिक हुने आवातजावतलाई सेनिटाइज गर्ने क्षमता स्थानिय सरकार वा सम्बन्धित निकाय सङ्ग छैन भने धरान भित्र रहेका हरेक व्यवसायीलाई स्वेच्छिक रुपमा सहयोगको लागि अपिल गरेमा हामी सहयोग गर्न समेत तयार छाै ।
धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?
धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७
अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम
संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै
क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल
वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि

प्रतिकृया दिनुहोस