• ON AIR
  • UP NEXTधरान खबर

किचनमा चाहिने सामग्री तथा किचन डिजाइन र लेआउटका लागी धरानको गाैरा स्टिलटेक इन्डस्ट्री

धरानमा एकमात्र स्टिलको काम गर्ने गाैरा स्टिलटेक इन्डस्ट्री हो । धरान ११ मंगलबारेमा रहेको कारखानाका संचालक दिपक बान्तवा हुन । युवा व्यवसायीको रूपमा परिचय बटुल्दै गरेका बान्तवाको स्टिलको कारखानालाई समेत लकडाउने ठुलै समस्यामा पारेको छ । निकै नै मेहनेती वान्तवा लकडाउनको समयमा समेत दिनको १० घण्टा भन्दा बढी कारखानामा बिताउँछन । उनै संचालक वान्तवा संग रेडियो धरानले गरेको कुराकानीः

 

१. लकडाउन कसरी बितिरहेको छ ?

 

स्वास्थ मापदण्ड पुर्याएर अर्डरमा आएका कामहरू आन्तरीक रूपमा गरीरहेका छाै । अन्य बेला भन्दा अलिक फुर्सदिलो भएकाले साथीभाईहरू संग भेटघाटको क्रम बाक्लिएको छ ।

 

२. लकडाउनले गर्दा कस्तो कठिनाई भइरहेको छ ?

 

सामान बनाउनका लागी चाहिने कच्चा पर्दाथहरू उपलब्ध हुन सकेको छैन । स्टिल सबै काठमाडाैंबाट मगाउनुपर्ने भएकाले त्यो पुरै अभाव छ । त्यस्तै स्टिलको सामान बनाउन चाहिने सानो सानो कुराहरू सबै काठमाडाैंबाट नै आउने भएकाले त्यसको समेत अभाव छ ।

 

हामीले विशेष गरी किचनका लागी ठुलो परिमाणमा स्टिललको काम गर्ने गरेकोमा सबै होटल व्यवसायहरू ठप्प रहेको र नयाँ समेत खुल्नका लागी बन्द भएकोले अर्डर घटेको छ । करीब ४० प्रतिशतले अर्डर घटेको छ । काम थोरै भएपनि ८ जना कर्मचारीलाई लकडाउनका बेला समेत तलब दिएर राखेका छाै। खर्च शतप्रतिशत छ, काम घटेको छ ।

 

३. गाैरा स्टिलटेक इन्डस्ट्रिमा के के बन्छ ?

 

हामीले रेस्टुरेन्ट, फास्ट फुड क्याफे, होटल म्यानेजमेन्ट कलेज, ब्याङ्क्विट र पार्टी प्यालेस लगायतको किचनका लागी चाहिने सामग्री सहुलियत दरमा तयार गर्छाै । किचनमा आवश्यक पर्ने बर्नर रेन्ज, स्टिलको टेबल, र्याक, डेरीको लागी चाहिने चिलिङ भ्याट, स्टिलको रेलिङ, गेट साथमा एलपिजी ग्यास पाइप लाईन समेत हाम्रो कारखानामा बनाउछाै ।

 

धरान कालो बंगुरको सेकुवाको ब्रान्ड भएको सहर हो । तर पछील्लो चरणमा सेकुवाको हाइजिनको विषयमा कुरा उठ्न थालेको छ । फलामबाट बनेको चुल्हामा पाकेको सेकुवाले शरिरमा हानी हुने गरेको कुरालाई मध्यनजर गर्दै सेकुवाको लागी चाहिने स्टिलको बिबिक्यु स्ट्यान्डको समेत बनाउने गरेका छाै ।

 

४. इन्डस्ट्रिको अन्य सेवाहरू के छन ?

 

हामीले व्यवसायिक किचनको डिजाइन र लेआउटका लागी समेत काम गर्ने गरेका छाै । व्यवसायिक रूपमा रेस्टुरेन्ट लगायत होटल म्यानेजमेन्ट कलेज, ब्याङ्क्विट र पार्टी प्यालेसका लागी निर्माण हुने किचन घरको किचन भन्दा फरक हुने गरेको छ । किचनको साइज र व्यवसायको माग अनुसार सामानहरू समेत अटाउनु पर्ने हुन्छ ।

 

किचनको स्पेस अनुसार सामान कसरी व्यवस्थापन गर्ने, एक पटकमा कति व्यक्तिलाई सेवा दिइन्छ, मेनु के छ, त्यस अनुसार आवश्यक पर्ने पकाउने इक्युपमेन्टहरूको व्यवस्थापन गर्नेछाै । मेनु अनुसार इन्डियन, चाइनिज र कन्टिनेन्टल परिकारका लागी विभिन्न प्रकारको चुल्हा र किचन इक्युपमेन्टहरू आवश्यक पर्ने हुन्छ, त्यसै अनुसारको परामर्श प्रदान गरी सेवा दिने गरेका छाै ।

 

५. किचन व्यवस्थापन किन आवश्यक छ ?

 

एउटा कुकले किचनमा १० घण्टा भन्दा बढी समय बिताउनुपर्ने हुन्छ । राम्रो तरिकारले भेन्टिलेट नभएको किचनमा कार्बनडाइअक्साइड तथा तापमान बढी हुने भएको र लामो समयमा विभिन्न शाररिक समस्या उत्पन्न हुने गरेको अध्ययनले देखाएको छ । त्यस कुरालाई मध्यनजर गर्दै चिम्निको व्यवस्थापन, स्वच्छ हावा खेल्नका लागी भेन्टिलेसनको व्यवस्था लगायतको कुरामा ध्यान पुर्याउन जरूरी देखिन्छ ।

 

यस्तै, काम गरीरहँदा ढाँडको समस्या नहोस भनि युनिर्भसल साइजको किचन सामग्री हुनपर्छ । यस्तै ग्याँसको दुर्घटनाको जोखिम कम गर्न तथा ग्याँसको बचतका लागी गुणस्तरीय पाइपलाइनको व्यवस्था गर्नुपर्ने हुन्छ । किचनमा सहि सामानको सहि तरीकाले व्यवस्थापन नभए स्टाफहरूलाई काम गर्न असजिलो हुने भएकाले समेत यो कुरामा निकै नै ध्यान पुर्याउनु पर्ने हुन्छ । किचन व्यवस्थापनका लागी डिजाइन मात्र नभएर स्वास्थ मैत्री किचन हुन जरूरी हुन्छ जसका लागी गाैराले काम गर्ने गरेको छ ।

 

६.अन्त्यमा के भन्न चाहनुहुन्छ ?

 

व्यवसाय गर्नुभन्दा अगाडी त्यस विषयमा राम्रो जानकारी लिएर त्यसै अनुसार सबै मापदण्ड पुर्याएर सुरू गरेमा लामो समय सम्म गुणस्तरीय सेवा दिन सकिन्छ । हस्पिटालिटी बिजनेसको मुटु भनेको नै किचन हो र धेरै व्यवसाय संचालन पश्चात किचनको कारण समस्या भोगिरहेको हुन्छ । यस्तो समस्याहरू हुन नदिनका लागी गाैरा सदैव सचेत रहेको हुन्छ । यदि तपाईहरूले पनि हस्पिटालिटी व्यवसाय सुरू गर्दै हुनुहुन्छ भने एक पटका गाैरालाई सेवा गर्ने माैका दिनुहुन अनुरोध समेत गर्दछु ।

प्रतिकृया दिनुहोस

धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?

धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७

अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम

संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै

क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि