कोरोनाको खोप आएपनि भाइरसको कारण ज्यान गुमाउको संख्या २० लाख नाघ्न सक्नेः विश्व स्वास्थ्य सङ्गठन
धरान (२०७७-०६-१०) – कोरोना भाइरस विरुद्ध खोप आएपनि विश्वभरि भाइरसको कारण ज्यान गुमाउने मानिसको संख्या २० लाख नाघ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।
खोप प्रभावकारी रूपमा प्रयोगमा आउनु अघि यति संख्यामा मानिसरूले ज्यान गुमाउन सक्ने अनुमान गरीएको छ । डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएका छन् ।
गत वर्षको अन्त्यमा चीनमा कोभिड-१९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १० लाख पुग्न लागेको छ । सङ्क्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभरि तीन करोड २० लाख भन्दा बढी मानिसमा यो भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिउँद आउन लाग्दा उत्तरी गोलार्धका थुप्रै देशमा सङ्क्रमणको दोस्रो लहर सुरु हुन लागेको देखिन्छ ।
किन चेतावनी
माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनु अगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ । उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताएका छन ।
तर उनले भने, "सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन् ।" माइक रायनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न आग्रह गरेका छन् । रायनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न आग्रह गरेका छन् ।
बीबीसी न्युज नेपालीबाट साभार
धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?
धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७
अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम
संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै
क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल
वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि

प्रतिकृया दिनुहोस