• ON AIR
  • UP NEXTधरान खबर

अमेरिकी निर्वाचन परिणाम: निर्वाचित राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिस को हुन?

धरान (२०७७-०७-२३) – जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्

 

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभव प्राप्त, विदेश नीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन्

 

बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो।

 

आरोपहरू

 

उनको व्यवहारलाई लिएर महिलाहरूबाट बाइडनले कैयौँ आरोप खेपेका छन् । गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए ।

 

अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे । प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्‍याउने बताए ।

 

तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडनले यौन आक्रमण गरेको आरोप लगाइन् । त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन् । बाइडनले सो आरोप अस्वीकार गरे र उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी गर्‍यो ।

 

लामो इतिहास

 

सन् १९८७ मा बाइडन पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए । अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् ।

 

सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए । यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ ।

 

ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए ।

 

पारिवारिक वेदना

 

बाइडनकी पहिलो पत्नी नेलिया र उनीहरूका छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । बाइडन अन्य राजनीतिज्ञ भन्दा सर्वसाधारण जनता निकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ ।

 

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए ।

सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो । आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ ।

 

कमला ह्यारिस को हुन?

 

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन् । कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् ।

 

इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेद विरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन् ।

 

पहिलो अश्वेत महिला उपराष्ट्रपति

 

अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् । कमला ह्यारिसको बहुजातिय पहिचानले गर्दा यो पटक केही अरू कुराहरू पनि पहिलो पटक नै भएको हुनेछ ।

 

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उप-राष्ट्रपतिका लागि उम्मेदवार बनेका छन् । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो । हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन् ।

 

कमला ह्यारिस को हुन?

 

५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । उनी क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।

 

उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई "एक अमेरिकी" भन्ने गर्छिन्। (पहिले प्रकाशित यो समाचार सामग्री अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितको प्रक्षेपणपछि ८ नोभेम्बर २०२० आइतबार अध्यावधिक गरिएको हो।)

 

बीबीसी न्युज नेपालीबाट साभार

प्रतिकृया दिनुहोस

धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?

धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७

अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम

संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै

क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि