नेवाः देय दबू धरान उपमहानगर समितिद्वारा आयोजित ४५ दिने नेपाल भाषा तालिम सम्पन्न
धरान(२०७९-०२-३०) - नेवाः देय दबू धरान उपमहानगर समितिले आयोजना गरेको ४५ दिने नेपाल भाषा तालिम हिजो सम्पन्न भएको छ ।
धरान ७ सिद्धि नेवाः परिषदमा आयोजना भएको नेपाल भाषा तालिम समापन कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा, विषेश अतिथि नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद धरानका सल्लाहकार चित्रराज थापा मगर रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका उपमेयर आइन्द्र बिक्रम बेघाले भाषाको कक्षा सिमित समयका लागि मात्र नगरी बर्षभरिनै सञ्चालन गर्नु पर्ने, भाषाको विकासले जातिको उत्थान गर्ने र हरेक जातिले भाषाको विकास गर्नु अपरिहार्य भएको बताएका छन् ।
कार्यक्रममा तमु ह्युल छोज धीं का धरान अध्यक्ष पूथ्वीमान गुरुङ, नेपाल तामाङ घेदुङ धरानका अध्यक्ष यामबहादुर गोले, सुनुवार सेवा समाज धरानका अध्यक्ष गोपाल सुनुवार, नेपाल शेर्पा संघ धरानका उपध्यक्ष प्रेम शेर्पा, किरात याक्खा छुम्मा धरान उपाध्यक्ष हेनसेन याक्खा, नेपाल झागड उराँव कोड्रेम सुधारा कार्य गुठी यरा आं धरानका सचिव छुपलाल उराँव, नेपाल मगर संघ धरानका सदस्य विनोद आले मगर, किरात याक्थुङ चुम्लुङ धरान सदस्य रिता खापुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरान कोषाध्यक्ष सुमित्रा राईको उपस्थिति रहेको थियो । दबूका धरान अध्यक्ष मनोहर शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव दिपेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । उक्त तालिम धरान उपमहानगरपालिका कार्यलयले आर्थिक वर्ष २०७८/०७९ मा जनजातिका लागि छुट्टाएको बजेटबाट सञ्चालन गरेको आयोजकले बताएको छ ।
नेवा: देय् दबू धरान उपमहानगर समितिले लाखेनाचलाई सुव्यबस्थित गर्न ९ बुदे आचार संहिता जारी
-स्नेहा श्रेष्ठ धरान(२०७०-०४-२९) - धरान नेवा: देय् दबूले धरान उपमहानग समितिले लाखेनाचलाई मर्यादित, सुव्यबस्थित गर्न ९ बुदे आचार संहिता जारी गरेको छ
वीर नेम्वाङलाई ‘काङसोरे पुरस्कार’ प्रदान
धरान(२०७९-०२-३०) - बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतबार धरानमा १ लाख रुपैयाँ राशीको ‘काङसोरे पुरस्कार’ वीर नेम्वाङलाई प्रदान गरेको छ
किरात याक्थुङ चुम्लुङको परामर्श बैठक सोमबार सम्पन्न
धरान(२०७८-११-१०) - किरात याकथुङ चुम्लुङ्गले यहि फागुन २८, २९ र ३० गते पाँचथरको फिदिममा हुन गैरहेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा समसामयीक

प्रतिकृया दिनुहोस