• ON AIR
  • UP NEXTधरान खबर

चोरीको सामग्री सहित २ जना पक्राउ

धरान(२०७९-०६-०४) - सुनसरीको इटहरी उपमहानगर पालिका-२० बाट प्रहरीले चोरीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा इटहरी-२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन । इटहरी-२० स्थितमा रहेको  किरण क्षेत्रीले संचालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेच बिखन भईरहेको छ भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार ८ पाकेट चोरी गरी बेचीरहेको अवस्थामा पक्राउ गरेको हो । 


चौधरी पक्राउ परे संगै सोधपुछको क्रममा  पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनि चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्रि गरेका बिभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो ।

 

चोरीको सामान बरामद भए सगै चौधरी र क्षेत्रीलाई पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दमा म्याद थप गरी थप अनुन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित

धरान(२०७९-१२-२६) - किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित भएका छन् । धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न

याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी

धरान(२०७९-१२-२६) - याक्खा विद्यार्थी संघकाे अध्यक्षमा संखुवासभाका टंक जिमी चयन भएका छन् । किरात याक्खा छुम्माको केन्द्रिय भवन धरानमा सम्पन्न

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

धरान(२०७९-०६-०४) - झापाको मेचीनगर नगरपालिका-१३ र ६ बाट प्रहरीले  प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।   सोमबार साँझ बिशेष