• ON AIR
  • UP NEXTधरान खबर

किसन राईको स्वरमा सार्वजनिक भयो “यो मन मेरो दोमन भो”

धरान(२०८०-०८-१०) - किसन राईको स्वरमा रहेको गीत “यो मन मेरो दोमन भो” सार्वजानिक भएको छ । दिनेश (काजी) बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।


एक हप्ता अघि सार्वजनिक भएको उक्त गीतको भिडियोको निर्देशन भीमफेदी गाइजका निर्मलकुमार लामा(बिजी) ले गरेका छन् । गीतको भिडियोमा एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाईबा, अन्जान मोक्तान कान्छा र गायक किसनको अभिनय हेर्न सकिन्छ ।


सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई विषयबस्तु बनाइएको छ । यो समाचार बनाउँदासम्म उक्त गीतको भिडियो १ लाख ६६ हजारभन्दा बढीले हेरिसकेका छन् ।


गायक किसन राई ब्रिटिश गोर्खा सेनामा लामो समयदेखि सेवारत छन् । उनको पहिलो गीति एल्बम जुन सन् २००४ मा बजारमा आएको थियो । गायक राईले बेलायतमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् भने उनी सामाजिक काममा समेत अग्रसर छन् ।

 

Yo Man Mero | यो मन मेरो | Kisan Rai | Alisha Rai | Bhimphedi Guys | Dinesh Bantawa | Amar Dhoj lama - YouTube

प्रतिकृया दिनुहोस

“भुईँ सोरी” गीतको भिडियो सार्वजनिक

धरान(२०८०-०८-०३) - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित “भुईँ सोरी” गीतको भिडियो

धरानमा 'फूलपाती हिपहप फेस्ट' हुने

धरान(२०८०-०७-०१) - “द फ्लो फ्याक्ट्री” को आयोजनामा धरानमा “फूलपाती हिपहप फेस्ट” हुने भएको छ  । आयोजक “द फ्लो फ्याक्ट्री”ले मगलबार

“जेप्पा” बोलको गीत सार्वजनिक

धरान(२०७९-११-२९) - टिबि याक्खाको प्रस्तुति र हेन्सेन याक्खाको रचना रहेको “जेप्पा” बोलको गीत सार्वजनिक भएको छ । गीतमा राई इज किङ राजेशपायल राई र